साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बटुवा विज्ञप्ति

Nepal Telecom ad

सार्क सम्मेलन सकिसक्यो । सरकार भन्दै छ, सम्मेलनका लागि बनाइएका संरचनाहरू जोगाउनुपर्छ । किन जोगाउनुपर्‍यो यी संरचना ? किन चाहिए यी सुकिलामुकिला भित्ता र सडक अब ? अब त हामी-हामी बस्ने हो, कुस्ती खेल्ने हो । अब कसलाई देखाउनुप र्‍यो सडकमा दूबो र बिरुवा ? अब कसको स्वागत गर्नु छ र चाहियो गमला-गार्डेन ? त्यसैले हामी भन्छौँ, मान्छे हिँड्ने सडकमा दूबो रोप्न पाइँदैन । रोप्ने हो भने पनि हामी बटुवाले दूबोमा टेकेर सडकमा उपि|mन पाउनुपर्छ । दूबोमा बसेर बदाम खान पाउनुपर्छ । दूबोमा गाई चराउन पाउनुपर्छ । सडकमा गमला राखेर हाम्रा खुट्टा अल्झाउन पाइँदैन । गमलामा लात्ती हान्न पाउनुपर्छ । बोटबिरुवा उखेल्ने हाम्रो मौलिक अधिकार हो, यसमा प्रतिबन्ध लगाउन पाइँदैन ।

सरकारले हामीलाई गमला फुटाएको अभियोग लगाउँदै हाम्रो बदनाम गरिरहेको सम्बन्धमा पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामीले त्यत्तिकै गमलामा लात्ती हानेको होइन । भ्रष्टाचारको मात्रा परीक्षण गर्न त्यसो गरिएको हो । एकै लात्तीमा प्याटप्याट फुट्ने नक्कली गमला भ्रष्टाचारका प्रमाण हुन् । भ्रष्टाचारीलाई लात्ती हान्न सकिँदैन, त्यसैले हामीले गमलामाथि रिस पोखेका हौँ । रिसको मात्र कुरा होइन, हाम्रो परम्परा र संस्कृतिले गर्दा पनि यी संरचनालाई धुल्याउनैपर्छ । हामीलाई धूवाँ, धूलो, फोहर र खाल्डाखुल्डीसहितको राजधानीमा बस्ने आदत छ । सफाइ हाम्रोे स्वास्थ्यका लागि हानिकारक छ । त्यसैले हामीलाई राम्रो भित्तो देखेपछि पोस्टर टाँसौँ टाँसौँ लाग्छ । नारा पोतौँ पोतौँ लाग्छ । गुट्खा, खैनी र पान खाएर थुकौँ थुकौँ लाग्छ । अझ एक खुट्टो उचालेर तुक्र्याऊँ तुक्र्याऊँ लाग्छ । बिरुवा देखेपछि उखेलौँ उखेलौँ लाग्छ । सफा सडक देखेपछि खकारेर थुक्न मन लाग्छ । घर र पसल बढारेर कसिंगर सडकमा छर्न मन लाग्छ । पार्क, पुल, रूखको फेद वा अलि अँध्यारा कुनाकानी देखेपछि हाम्रो पेट कटक्क काट्छ, सुरु वाल खोलेर थचक्क बस्न मन लाग्छ । सडकमा झलमल्ल बत्ती बलेको देखेपछि सके त त्यसका उपकरणहरू चोरौँ चोरौँ लाग्छ, नसके पनि ढुंगा हानेर फोरौँ फोरौँ लाग्छ । सडक किनारामा राम्रा राम्रा रेलिङ हालेको देखेपछि हाम्रो क्रान्तिकारी रगत भुलुकभुलुक उम्लिन थालिहाल्छ । नाघौँ नाघौँ, हल्लाऊँ हल्लाऊँ, उखेलौँ उखेलौँ लाग्छ । त्यसैले हाम्रो मौलिक चरित्रमाथि सरकारले प्रहरी लगाएर धावा नबोलोस् । स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने संविधानप्रदत्त हाम्रो अधिकारलाई कुण्ठित नगरोस् । हामी बटुवा यस्तो अन्याय सहेर बस्दैनौँ ।

सार्कमा सो गर्न बनाएका संरचनाको संरक्षण गर्न भन्दै सरकारले एक उच्चस्तरीय समिति बनाएको छ । समिति मात्रै होइन, सरकारले नयाँ मन्त्रालय नै गठन गर्न लागेको छ, \’गमला, दूबो तथा स्याउला संरक्षण मन्त्रालय ।\’ मन्त्रालय नै खडा गरेर हाम्रो स्वतन्त्रतापूर्वक डिभाइडर नाघ्ने, सडकमा दगुर्ने, दूबोमा उफ्फ्रिने, हाँगा लुछ्ने, खुला दिसापिसाब गर्ने, रेलिङ भाँच्ने, पानको रसले भित्तो रंग्याउनेजस्ता मौलिक हक र परम्परामा बन्देज लगाउन खोज्नु हदैसम्मको अन्याय हो । त्यसैले हामी वीर नेपाली बटुवा एकजुट भई सरकारको यस बटुवाविरोधी निर्णयको खारेजीको माग गर्दै जोडदार आवाज उठाउँछौँ:

बटुुवाको हक अधिकारको रक्षा गर !

गमला मन्त्रालय खारेज गर !

\’नेपाल\’ ०७१ मङ्सिर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x