साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धनी हुने सपना

Nepal Telecom ad

गाउँ बेच्छु अनि मैले शहर बेच्छु धनी हुन्छु
उस्तै परे बिहानीको प्रहर बेच्छु धनी हुन्छु

कोही भए किन्न आउ सस्तो मूल्य राखेको छु
बिपना मै मेरा सबै रहर बेच्छु धनी हुन्छु

बिचल्लीमा परे परुन् बिचरा ती गण्डक बासी
कैलै पानी नआउने त्यो नहर बेच्छु धनी हुन्छु

प्रेममा नै धोका पाई बिष पिउने धेरै भेटें
पिउना साथै मारिहाल्ने जहर बेच्छु धनी हुन्छु

गरिबीको बिल्ला भिरी कतिन्जेल बाँची राख्नु
जे जे परोस् अब आफ्नै ठहर बेच्छु धनी हुन्छु ।
जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x