साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन्न है

Nepal Telecom ad

गाउँमा पिल्पिली दीप बल्दै थियो
काम आफ्नो सकी साँझ ढल्दै थियो
ली तमिस्रा सँगै रात पर्दै थियो
शान्तिले मौनको गीत छर्दै थियो ।

गाउँभन्दा उता पट्टिको जङ्गल
फैलिएको छ झैं मङ्गलै मङ्गल
वृक्ष छन् ध्यानमा मग्न मौनी सरि
चल्छ हाबा नहोस् बिघ्न झैं सुस्तरी ।

वन्दना विश्व ब्रह्माण्डको शक्तिको
अर्चना मौनको ध्यानको भक्तिको
कामना श्रेयको जीव निर्जीवको
भावना शान्तिको स्नेह आत्मीयको ।

एउटा स्यालको हूल आयो त्यहाँ
घुम्न थाल्यो यहाँ चल्न थाल्यो उहाँ
खोज्न थाल्यो सिनो भेटिने हो कहाँ
शान्ति भत्काउँदै गर्न थाल्यो हुआँ ।

शान्तिको मूल्य के स्यालले के बुझोस्
मौनको मूल्य के मूर्खले के चिनोस्
नामले नै घृणापूर्ण जो स्याल हो
निर्दयी लालची खल्बले व्याल हो ।

लेखनीले निकै चाख मानी सुनी
के भने स्यालले गौर गर्दै गुनी
लेखियो जे कुरा सामु राखें सब
हाँस वा रोउ यो हात तिम्रै अब ।

एउटा स्यालले भूप को हो भन्यो
झुण्ड सारा चनाखो बनी यो सुन्यो
झट्ट यौटा करायो म है लौ म है
झुण्ड बास्यो तुरुन्तै ल है हुन्न है ।

हैन है हुन्न है हुन्न है हुन्न है
मात्र आवाज आयो ल है हुन्न है
हुन्न है हुन्न है मा यसै रात गो
मात्र निद्रा बिगार्यो नयाँ प्रात भो ।
कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
म्यारेजमहिमा

म्यारेजमहिमा

रमेश खकुरेल
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x