साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा अनिलको संस्मरण सङ्ग्रह सार्वजनिक

Nepal Telecom ad

स्रष्टा अनिल पौडेलको संस्मरणात्मक निबन्ध कृति ‘अतीतको बिस्कुन’ लोकार्पण भएको छ । राजधानीमा २०७० पुस ११ गते आयोजित समारोहका बीच वरिष्ठ सङ्गीत स्रष्टा रामेशले कृति लोकार्पण गर्नुभयो । विमोचन समारोहमा रामेशले समाजमा असल काम गर्नेहरूले मात्र पुस्तक प्रकाशन गर्न सक्ने, त्यस्ता पुस्तकहरूले जीवन्तता हासिल गर्ने बताउनुभयो । ‘असल काम गर्ने कोटीमा स्रष्टाहरू पर्छन्, उनीहरूले समाज परिवर्तनका लागि सधै भूमिका निर्वाह गर्ने भएकाले स्रष्टा पौडेल पनि सोही कोटीमा परेका छन्’ प्रमुख अतिथि रामेशले भन्नुभयो । उहाँले देशको बिथोलिएको राजनीतिप्रति तिखो टिप्पणी गर्दै साहित्य र गीत सङ्गीत क्षेत्रका स्रष्टाहरू अहिले पनि पीडित भैरहेकोमा आक्रोश व्यक्त गर्नुभएको थियो ।
याम्बुरी बुक पोइन्टबाट प्रकाशित भएको यस कृतिबाट प्राप्त भएको लेखकस्व मध्य रु. १५ हजारको चेक कृतिका स्रष्टा अनिल पौडेलका दम्पतिले हेल्प नेपालका लागि सञ्चारकर्मी रवीन्द्र मिश्रलाई हस्तान्तरण गर्नु भएको थियो । समारोहमा डा. अरूणा उप्रेतीले कृतिका लेखकप्रति बधाइ ज्ञापन गर्नुभयो ।
विमोचन समारोहमा उपस्थित सबैजना सभापति रहेकाले बोल्ने वक्ताहरू पनि कम थिए । वक्ता सञ्चारकर्मी रविन्द्र मिश्रले अनिलको शब्द र कर्मको बीच रहेको एकाम्यको प्रशंसा गर्दै स्रष्टाहरूलाई परोपकारमा लाग्न जोड दिनुभएको थियो । अर्का वक्ता सिप्रदी ट्रेडिङका कार्यकारी प्रमुख शम्भु दाहालले लोकार्पित कृतिको कैयौँ ठाउँमा आफू उभिएको बताउँदै निवन्ध सङ्ग्रह आत्मपरक र यथार्थपरक भएको मन्तव्य दिनुभएको थियो । उहाँले लोकार्पित कृतिभित्र परेका कतिपय सन्दर्भहरू उल्लेख गर्नुभएको थियो । दाहालले पुस्तकमाथि समीक्षा गर्ने क्रममा भावुक हुँदै स्रष्टाहरू मुलुकका अमूल्य निधि भएको बताउनुभयो ।
कार्यक्रममा इन्दु अंशुले गीतमार्फत स्रष्टा अनिल पौडेलको परिचय दिनुभएको थियो भने कथाकार हरि भण्डारीले पौडेलका विविध आयामबारे प्रकाश पार्नुभएको थियो । कृतिका स्रष्टा अनिल पौडेलले लेखकीय मन्तव्यका क्रममा आफ्नो बिगत र आगत शब्दकर्ममै खर्चिंदै आएको बताउँदै आफूले भोगेका विषयलाई शब्दमा उतारेको छु भन्नुभयो । उहाँले कार्यक्रमको अन्तमा भन्नुभयो, ‘जीवनदेखि हारेकाहरूलाई, दौडमा भाग लिन डराउनेहरूलाई जुनकीरीले जतिमात्रै उज्यालो दिनसके भने मेरा गनथनले सञ्जीवनी पाउने थिए, पुस्तक प्रकाशनको जिजीविसा त्यति हो ।’
निवन्धकार पौडेलका यसअघि दुईवटा कविता सङ्ग्रह प्रकाशित छन् भने साहित्यकार झमककुमारी घिमिरेको वृत्तचित्र, लोकगायक अलिमियाको वृत्तचित्र, छन्दको सुगन्ध नामक क्यासेट निर्माण गरिसक्नुभएको छ । उहाँले मदन भण्डारीको फोटोचित्र प्रकाशन गर्नुभएको छ ।
कविता क्यालेण्डरको समेत सम्पादक प्रकाशक पौडेलको लोकार्पित कृति ‘अतीतको बिस्कुन’मा मा लामा छोटा गरी ३५ वटा संस्मरणात्मक निबन्धहरू सङ्ग्रह गरिएको छ । अनिल स्वयमले भोगेर आएको जीवन सन्दर्भको रोचक एवम् कलात्मक प्रस्तुतिले पाठकहरूको मनमस्तिष्क अवश्य पनि छुने छ ।
 -सुलसुले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x