साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पोलिटिकल पारालाइसिस

Nepal Telecom ad

अनौठो रोगीका आफन्तहरुसँग डाक्टरले सोधे– यहाँलाई कहिलेदेखि यस्तो छ ? पारालाइसिस बुझिन्छ । समयमै अस्पताल ल्याउनु पथ्र्यो ।

रोगीको मुखबाट कुनै किसिमको आवाज ननिस्कने, तर अनुहार भने हँसिलो र चम्किलो देखिने, दुवै हात नमस्कार गर्ने मुद्रामा जोडिएको ! रोग वास्तवमै विचित्र थियो । हात नछुट्टिने, मुख सामान्य अवस्थामा नआउने !

डाक्टरले आफ्नो डाक्टरी जीवनमा पारालाइसिसको यो रुप देखेका थिएनन् । उनले सिनियर डाक्टरलाई तुरुन्तै बोलाएर ल्याए ।

सिनियर डाक्टरले राम्ररी जाँच गरिसकेपछि रोगीका आफन्तहरुसँग निकैबेर कुराकानी गरे । उनको अनुहार पनि गम्भीर भयो । उनले रोगीका सम्बन्धिहरुलाई भने, हेर्नुस्, यो रोग नयाँ हो, यसको कुनै औषधि मेडिकल साइन्समा छैन । तैपनि म एउटा प्रयोग गर्छु । संभव छ, रोगीलाई फाइदा होस् । यस्तो रोगीलाई कुनै पनि औषधिले छुँदैन । म प्रयत्न गर्छु बाँकी प्रभुको जस्तो मर्जी ।

‘डाक्टर’ साहब, जसरी पनि यहाँलाई बचाउनु पर्यो । रोगीका आफन्तहरूले चिच्याए ।
डाक्टरले रोगीको कानमा मुख लाएर कराए– ‘चुनाव सकियो अब हात झारे हुन्छ ।’

सिनियर डाक्टरले चिच्याएको सुन्नासाथ रोगीमा परिवर्तन देखा पर्न थाल्यो । धेरै बेरसम्म डाक्टरले चिच्याएपछि रोगी क्रमशः ठीक हुँदै गए ।

कनिष्ठ चिकित्सकले वरिष्ठ चिकित्सकसँग सोधे, सर यो कस्तो रोग हो ! वरिष्ठले बताए, यसलाई पोलिटिकल पारालाइसिस भन्छन् । रोगी नगरप्रमुख पदमा प्रत्याशी थिए । विगत दुई तीन महिनादेखि मतदाताहरूका सामु हात जोर्दा जोर्दा र नक्कली हाँसो हाँस्ने बानी परेर यिनको यस्तो अवस्था भएको हो । ‘दिस इज सिम्प्ली अ केस अफ पोलिटिकल पारालाइसिस एण्ड नथिङ एल्स ।’
बारा, हाल– थानकोट काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x