साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उप्रेतीको नियात्रा सङ्ग्रह ‘अन्तिम आकाश’

Nepal Telecom ad

निबन्ध कृतिसँगै आधा दर्जन गैरसाहित्यिक पुस्तक लेखेका प्रा.डा. रामप्रसाद उप्रेतीको नियात्रा सङ्ग्रह ‘अन्तिम आकाश प्रकाशनमा आएको छ ।

त्रि.वि. महाराजगञ्ज चिकित्सा क्याम्पसका प्रमुख समेत रहिसकेका प्रा.डा. उप्रेतीले मुलुकभित्र र बाहिर घुम्दाका अनुभूतिलाई संगालेर नियात्रा कृति निकालेका हुन् । यसअघि थोत्रा कलमहरू निबन्ध, केही प्रगतिशिल प्रतिभाहरू (संयुक्त लेखन) जस्ता कृतिहरू निकालिसकेका उप्रेतीले नयाँ कृतिमा धेरैजसो बाहिरी मुलुकका रोचक अनुभवहरू लेखेका छन् ।

कृतिलाई समालोचक डा. नेत्र एटमले वास्तविकताबाट सृजित अनुभूतिहरूको संगालो भनेका छन् । समयको क्रमिकतामा विचलन ल्याएर पाठकलाई एक प्रकारको नविन लहरमा लहरिन तयार पारेका छन् लेखकले एटमले भनेका छन् । स्मृतिदशका रोचक प्रसंगहरूको सरस प्रस्तुति पाइन्छ कृतिमा नइ प्रकाशनले बजारमा ल्याएको कृतिमा रिक्साहरूको सहर, मिनि वल्र्ड, सुन्दर सिंगापुर, मरेकाले जिउदालाई पाल्ने ठाउँ, रोमान्टिक सहर, परिको देश, युरोपको पनि युरोप लगायत १८ वटा यात्रा निबन्ध छन् । यात्रा क्रममा आफूले भोगेको ज्ञान अरुका लागि पनि सान्दर्भिक ठानेर कृति लेखेको हुं उनले भने ।
–अरुणबहादुर खत्री ‘नदी’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x