साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै कसरी नाम आयो

Nepal Telecom ad

कसैले नसकेको
कसैले नआँटेको
मेरै पालामा
एउटा काम आयो
आफू त आँटिलो मान्छे
आँटेर काम गरियो
काम गरेपछि
मोटै एउटा खाम आयो
खामभित्र
कहिलै नदेखेको ठुलै दाम आयो
आफू त भ्रष्टाचार बिरोधी मान्छे
खाम ल्याउनेलाई
बेस्सरी झपारी पठाइदिएँ
उनीहरू के कम ?
त्यो खाम लगेर
श्रीमतीलाई पो थमाइदिए
आफू त पवित्र मान्छे
के थाहा
क–कसले त्यो दाम पायो
तर हेर्नुस् हजूर
गर्दै नगरेको भ्रष्टाचारमा
खै कसरी आफ्नो नाम आयो ।

काम गरेपछि
खाम ल्याउनेलाई
दाम ल्याउनेलाई
कतिलाई झपार्नु झपारियो
कतिलाई हकार्नु हकारियो
तर के गर्ने
कसैकोे दाम पियनले जमाइदिए
कसैको खाम ड्राइभरले समाइदिए
आफू त सिधासादा मान्छे
सिदै काम गरियो
गर्दै नगरको काममा परियो
एक दिन
अख्तियारको बयानको खाम आयो
तर गर्दै नगरेको भ्रष्टाचारमा
खै कसरी आफ्नो नाम आयो ।

कङ्गालपति पार्टीलाई
करोडपति बनाइदिएँ
सडकछाप कार्यकर्तालाई
सरकारी कोशै थमाइदिएँ
कतिलाई देश विदेश घुमाइदिएँ
कतिको सरुवा बढुवा बनाइदिएँ
आफूले पाँचतारे होटेलमा
दुई चार पिलेट ममसित
जाबो व्हीस्की र बियर जमाइदिएँ
तर यति सानो कुरो पनि
अखबारमा धुमधाम आयो
थाहै नदिई भोलिपल्ट
समाउन पुलिसको लाम आयो
तर गर्दै नगरेको भ्रष्टाचारमा
खै कसरी आफ्नो नाम आयो ।

साली बेरोजगारी हुँदा
यसो नियुक्तिपत्र थमाइदिएँ
सालो हरिलठ्ठक भए पनि
ठेक्कापट्टा दिलाउनलाई
दुई चार ठाउँ फोन घुमाइदिएँ
सानो तिनो कुरोमा पनि
नातावादको तथानाम आयो
तर गर्दै नगरेको भ्रष्टाचारमा
खै कसरी आफ्नो नाम आयो ।

एकातिर
घरपटीको कचकच
अर्कोतिर
घरकी बुढीको कचकच
घरैघरको जङ्गलमा
यसो सानो चार तले घर बनाइदे
अरुले अरबौँ खाँदा पनि मुद्दा थमाइदे
जाबो करोडमा पनि ठुलो बदनाम आयो
तर हेर्नुस् हजूर
गर्दै नगरेको भ्रष्टाचारमा
खै कसरी आफ्नो नाम आयो ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x