साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाउ–छोरा सम्वाद

Nepal Telecom ad

बाउ– उठ फुच्चे फूर्तिसँग अब पढ्न बस
       भोलि के के हुनु पर्छ आजै कम्बर कस
       पढ्दै जाऊ, बढ्दै जाऊ हुनु पर्छ ठूलो
       पैल्याउनै पर्छ तिम्ले दाम आउने दुलो ।
छोरो– बुझें ड्याडी, तपाइँको कुरो बुझें मैले
       दाम कमाउन ठूलो हुनु पर्छ पैले
       औंला भाँची एक दुई अब गन्ने हो
       लौ भन्नोस् त पछि मैले के के बन्ने हो ?
बाउ– प्यारो छोरा कति जाती तिमी साह्रै ज्ञानी
       डाक्टर बने हुन्छौ तिमी खूब धनीमानी
       बिरामीको रोग हैन खल्ती मात्रै छाम
       कामै त्यस्तो खुरुखुरु झर्ने गर्छ दाम ।
छोरो– एक् हपतामे भत्की दिने बाटो बनाउने
       लाख करोड् कमिशन च्याप्प समाउने
       हैन ड्याडी इन्जिनीयर बन्ने हैन र ?
       देशै रोगी पारी पैशा तान्ने हैन र ?
बाउ– हुन्छ छोरा, इन्जिनियर बने पनि हुन्छ
       मन्त्रालय छिरी सचिव बने पनि हुन्छ
       त्यता पनि फल्छ फेरि घुसैघुस्को बाली
       दुई–चार दिन्मै महल बनाई गरौ ढलीमली ।
छोरो– भ्रष्टमाथि कार्वाइ हुने हल्ला चलिरेछ
       काठ्माण्डूको फोहर जस्तै नाम गनाइरेछ
       नाम दाम ताम झाम एकैमुष्ट झर्ने
       अर्को कुनै पेशा छ कि मैले गर्नु पर्ने ?
बाउ– साह्रै उत्तम कुरा गर्यौ प्यारो मेरो छोरा
       जनता हुन् यो देशका लाटागाँडा मोरा
       तिन्कै भोट बटुलेर नेता बने हुन्छ
       जति भ्रष्ट भए पनि तिन्लाई कस्ले छुन्छ ?
       ऐसै ऐसा पैसै पैसा झर्या झर्यै गर्छ
       राज्नीतिको भर्याङ चढी नेता बन्नु पर्छ ।
कलंकी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x