सुलसुलेआरम्भको खिचडी कविता गोष्ठी
काठमाडौ/०७१ माघ ४ । निर्धारित समय माघ ८ मा संविधान जारी गर्न नेताहरूलाई दबाव दिने उद्धेश्यले आरम्भ साहित्य शृङ्खलाले आज खिचडी कविता गोष्ठीको आयोजना गरेको छ । कार्यक्रम प्राज्ञ तथा हास्यव्यङ्ग्य कवि नरनाथ लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
राजधानीको घट्टेकुलोमा रहेको ब्लु स्काई पब्लिक हाई स्कुलमा आयोजित गोष्ठीमा तीन दर्जन बढी कविहरूले आफ्ना साहित्यिक सिर्जनाहरूबाट समयमै संविधान जारी गर्न नेताहरूलाई खवरदारी गरेका छन् ।
गोष्ठीमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, नेपाल सरकारका सहसचिव यम कुमार खतिवडा, विश्वभाषा क्याम्पस प्राध्यापक सङ्घका अध्यक्ष बामदेव शर्मा, नेपाल सरकार सार्क निर्देशक धनबहादुर ओली, वरिष्ठ गजलस्रष्टा ज्ञानु वाकर, प्रेम ओली, मानन्धर अभागी, पुयय आचार्य, सुमी लोहनी, जनार्दन धडकन, प्रभाकर पाण्डे, दामोदर नेपाल, धन बहादुर वली, रिचा, डिल्लीराज मुलतिहुन, अविकेशर ओली, दिनेश लुइँटेल, केशव पौडेल, मोहनमणि पोखरेल, उर्मिला पन्त, ललिता दोषी लगायतले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।
गोष्ठीमा वाचित गजल, कविता, मुक्तक, प्यारोडी र हाइकु आदि सिर्जना मार्फत संविधान बनाउन नेताहरूलाई खवरदारी गरिएको थियो ।
कार्यक्रममा प्राज्ञ नरनाथ लुइँटेल, सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागे र विश्वभाषा क्याम्पस प्राध्यापक सङ्घका अध्यक्ष बामदेव शर्मालाई माला पहिर्याई सम्मान गरिएको थियो ।
आरम्भका सस्थापक सदस्य रघु अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा गजलकार शशी शर्मा मजगैयाले गर्नुभएको थियो । समय सापेक्ष र समसामयीक विष्यमा समय समयमा आरम्भले यस्ता कार्यक्रम आयोजना गर्दै आएको आरम्भका संयोजक प्रेमी ओलीले जानकारी दिनु भयो । कार्यक्रमको अन्तमा काली प्रसाद पोखरेलले धन्यवाद ज्ञापन गर्नुएको थियो ।
–प्रेम ओली
Subscribe
Login
0 Comments
Oldest












































