साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सभासदको हुँकार

Nepal Telecom ad

यसपाली पनि
संविधान लेख्दै लेख्दैन
जे परे पर्ला
संविधान सभा टेक्दै टेक्दैन ।

संविधान लेख्यो भने
चुनाव हुन्छ
चुनाव भयो भने
जनताको के विश्वास
मलाई जस्तै फेरि
अरुलाई नै चुन्छ
चुनाव हारियो भने
त्यो आउनेले
भ्रष्टाचारको आरोपमा
आफूलाई नै थुन्छ
अरुलाई के थाहा
भत्ता, सत्ता नपाउँदा
आफ्नो हालत के हुन्छ
संविधान त लेख्दै लेख्दैन
बरु जे हुन्छ हुन्छ,
संविधान सभा टेक्दै टेक्दैन ।

ठर्राले चल्थ्यो,
ह्वीस्कीमा बानी परियो
छाप्रोबाट
सिसमहलमा सरियो
झ्याउरेमा नाचिन्थ्यो
साल्सा, डिस्को छिरियो
होहल्ला गर्दै
टोल छिमेकलाई पिरियो
अब चुनाव आएपछि
आपूmले त पक्कै हारिन्छ
हारेपछि छेउपाखा नै पारिन्छ
त्यसैले म त मरे पनि
संविधान लेख्दै लेख्दैन
बरु संबिधान सभा टेक्दै टेक्दैन ।

पार्टीलाई सहयोग गरियो
बल्लतल्ल समानुपातिकमा परियो
दुईचार दाम कमाउनलाई
कानुन मिचेर होस्,
या पासपोर्ट बेचेर होस्
दुई चार करोड दाम जुटाइन्छ
पैसो आएपछि
गुण्डाको त के कुरा
चोर डाँका लुटेरालाई पनि छुटाइन्छ
जसरी हुन्छ
चुनाव खर्च उठाइन्छ
दुई चार वर्ष अभैm
संविधान त लेख्दै लेख्दैन
जे होला होला
बरु संविधान सभा टेक्दै टेक्दैन ।

आफू त अब
औषधि गर्न विदेश लागिन्छ
मौका मिले उतै भागिन्छ
कुरो मिल्यो भने
छोराछोरीलाई पनि उतै डाकिन्छ
त्यसैले संविधान त
एक लेख्दैन दुई लेख्दैन
बरु संविधान सभा टेक्दै टेक्दैन ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x