साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय बन्द !

Nepal Telecom ad

“आयो, आयो ! गज्जब आयो !” एक्कासि अन्धकारमा केके न आएझैँ चिच्याएँछु । कालेका बाउले आत्तिएर घच्घच्याउँदै आतेस प्रकट गरे– “चोरडाँका आयो कि ? भूतप्रेत आयो कि ? हैन, ए कालेकी आमा ! यो मध्यरातमा के आयो हँ ?”

बेहोसीमै बरबराएझैँ लागेछ क्यार कालेका बालाई । चिन्तनले चिमोटेर आधारातसम्म चनाखै हुनु के चानचुने कुरा हो ? चिन्तनको चुकुल खुस्केका खुस्कट ! सिउसाँझै स्वाँस्वाँ गरेर स्वर्ग सवार हुने समरस्वाँठ ! भनेर सुम्ल्याउन मन लागेको थियो । तर पितृसत्ताका पतिदेवलाई चलाउनु भनेको त अरिङालका गोलामा ढुङ्गा हान्नु जत्तिकै खतरा हुन्छ भन्ठानेँ र चुप्प लागेँ ।

जे होस् ! जटिल समस्याको पूर्णकालीन समाधानको आइडिया आयो । मध्यरातमा आएको आइडिया र गरेको घोषणाले घनघोर परिवर्तन ल्याएको छ । विद्यालय बन्द पनि गरिरहनु नपर्ने । बन्दका कारणले कसैले विचलित पनि हुनु नपर्ने । “धेरै खान जोगी भयो जोगी भा’का भोलिपल्ट भोकै रह्यो” भनेझँै हुने हो कि ? भनेर पराइबेटी मास्टरहरूले त्रस्त पनि हुनु नपर्ने । त्यत्रो दुईचार लाखको लगानी गरेर जाबो दुईचार करोड कमाउन कष्ट पनि गर्नु नपर्ने । पावरकै भरमा पोक्याएर नियमविपरीत कम्पनी दर्ता गराई अख्तियारदेखि डराईडराई हिँड्नु पनि नपर्ने ।

आइडिया चैँ गजबकै आयो । विद्यार्थी त वास्तवमै एकलव्यजस्तै हुनुपर्छ । शिक्षकले कक्षाकोठामै कोचेर पढाउने परिपाटीको अन्त्य हुनैपर्छ । उनीहरूलाई स्वतन्त्रतासाथ उच्च शिक्षा लिने अवसर दिनुपर्छ । बाँसका फिर्फिरे र चङ्गा बनाउँछन् । काठको घुर्रो र बाँसको बाँसुरी बनाउँछन् । गुलेली र मट्याङग्राले चराहरू मार्छन् । नयाँनयाँ आविष्कार गर्दै पुरानाको प्रयोग गर्छन् ।

धेरै अध्ययनपछि भएका विद्वान्ले पनि त्यही जहाज बनाउँछन् र उडाउँछन् । जाबो जहाज कहिले क्र्यास भएर मान्छे मार्छ, कहिले थन्किएर यात्रु अलपत्र पार्छ । चङ्गाले त चमत्कारै ल्याउँछ । दुई चङ्गाको भेटमा चेट भयो भने चङ्गा चेट भनेर चिच्याउँदा टोलकै मान्छे चकित पर्छन् । क्या मज्जा ।

पढेका डाक्टरले अस्पताल र क्लिनिक खोल्छन् । उपचारको नाउँमा अनेखन्नका रोगीहरू पैसा बोकीबोकी आउँछन् । कोही अप्रेसनपछि अपाङ्ग हुन्छन् । कोही उपचारपछि परलोक पुग्छन् । “न रह्यो धन, न भयो ज्यान ।” बिरामी भए धामीझाँक्री बोलायो, अक्षतापाती र खरानीको मूर्तिले मुन्सायो । “बाँचे सबैको आश, मरे घाटको बास” किन चाहियो डाक्डर ?

सबैलाई समान अवसर दिएर समानता ल्याउने भनेर गरिप देशलाई हरिप बनाउन बोझ बोकाउनै हुँदैन । विद्यालय बन्द भएपछि भएभरका समस्याको सर्वकालीन समाधान हुन्छ । स्कुल जाने र नजाने बीचको भिन्नता, ठूलो स्कुल र सानो स्कुल बीचको भिन्नता, ठूलोसानो र धनीगरिब बीचको भिन्नता सबै समाप्त हुन्छ । अनि आउँछ सामानता । दुष्ट मान्छेको जात बुझ पचाएर बच्चा स्कुल पठाउँछन् । “मूर्खको न छ ओखती, न सप्रन्छ मति” भनेको यही हो ।

यहाँलाई लाग्यो होला । कुरा त ठिकै हो । तर यी बगुन्द्र बदमास बच्चाचाहिँ के गर्नु नि ? हप्तादुएक बन्द हुँदा त हत्तुहैरान पार्छन् । पिर नगर्नुस् ! तपार्इंको बास सहरमा भए एउटा घोचो र मुङ्ग्रो किनिदिनोस् व्रिकेट खेलेर बस्छन् । खेलमैदान नभएर के भो र सडक छँदैछ । दुुई दिन गाडी चले दसदिन बन्द हुन्छ । यदि तपार्इंको घर गाउँमा भए कि त एउटा गेटिस किनिदिनोस् कि त गुलेली र मट्याङ्ग्राको जोहो गरिदिनोस् । दिनभरि चरा मार्छन् र बेलुका मिठो मासुभात खुवाउँछन् ।

“न त महिनैपिच्छे फिस तिर्ने लन्ठा न त छोरो फेल हुने टन्टा ।” परिपरिको विचार बोकेका थरीथरीका ननिका नागरिकको उत्पादनले उपद्रो मच्चाउने शङ्कै समाप्त । क्या गजब आइडिया बन्दवादी मित्र ! यो बन्द अल्पकालीन मात्रै हैन पूर्णकालीन हुनैपर्छ । त्यसैले बन्दको आवाज बुलन्द पारौँ । जय बन्द ।
हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
0
Would love your thoughts, please comment.x
()
x