साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे र साँढे

Nepal Telecom ad

हे सृष्टिकर्ता
तिमीले मान्छेलाई
साँढे बनाएका हौ कि
साँढेलाई मान्छे
मलाई त साँच्चै
मान्छे र साँढे
छुट्टाउन गाह्रो भो
किन भने
मान्छेलाई हेर्यो
साँढे साँढे लाग्छ
फेरि साँढेलाई हेर्यो
मान्छे मान्छे लाग्छ
यसो हेर्दा
उस्तै उस्तै लाग्छ
किनभने
मान्छेलाई अब
कि मान्छेकै डर छ
कि साँढेकै डर छ
साँढेलाई पनि
कि मान्छेकै डर छ
कि साँढेकै डर छ ।
गहिरेर हेर्यो भने छाडा
कि मान्छे देखिन्छ
कि साँढे नै देखिन्छ
बाटोघाटो पनि
कि साँढेबाटै छेकिन्छ
कि मान्छेबाटै छेकिन्छ
अर्काको बालीनालीमा
कि साढेले देख्छ
कि मान्छेले टेक्छ ।
मान्छे साँढेमा
मान्छेले साँढे सानो देख्छ
साँढेले मान्छे सानो देख्छ
त्यसैले
दुईटैको नाम एउटै हो कि
एउटैको नाम दुईटा हो
मेरो कलम सधैं
अलमलिँदै लेख्छ ।
दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
बाको श्राद्ध

बाको श्राद्ध

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x