साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो शहरमा आइयो

Nepal Telecom ad

कलमजीवी बनी
काठमा कलम चलाउन
कान्तिपुरी आइयो
सानो सस्तो वासलाई
घरैपिच्छे धाइयो
घरै घरको शहरमा
कति धेरै मान्छे !
सुन झैं खोज्दा पनि
जाबो एउटा कोठै नपाउने
पाइहाले भने पनि
कतै घाम नआउने
कतै पानी नआउने
पानी आइहाले पनि
जल होइन
ढलै आउने
फलै आउने
कस्तो पानी खाइयो
धत्तेरीका गाँठे !
कस्तो शहरमा आइयो ?

एक त लोडसेडिङ
मध्यरातमा लेख्न बस्दा
“बत्ति निभाऊ है !”
घरपटिको खप्की पाइयो
बजार भाउ बुझ्दा
महँगी ह्वात्तै बढेछ
घरकै मासुभात सम्झी
खोलेमोले खाइयो
पाउनु सास्ती पाइयो
धत्तेरीका गाँठे !
कस्तो शहरमा आइयो ?

अझ रमाइलो कुरो त
कोठा खोज्न जाँदा
कतै बिहे गरेको चाहियो
कतै बिहे नगरेको चाहियो
आफू त बिहे गरेको
साथै श्रीमती नलिएको भइयो
जाबो एउटा कोठाका लागि
खानु सास्ती खाइयो
धत्तेरीका गाँठे !
कस्तो शहरमा आइयो ?

कतै जानलाई सडकमा आइयो
कोही मुन्टिएका
कोही झुन्डिएका
कोही गुन्टिएका
बस टेम्पोहरूमा पाइयो
यति धेरै गाडी घोडा
कति धेरै मान्छे !
चढ्दा न सिट पाइयो
उल्टो घचेट खाइयो
गाडीमा गजबको कुरा
हजुरबालाई पनि
आई.डी.को छुट चाहियो ।

गोष्ठी सेमिनार भन्दै
कहिले टुँडिखेल
कहिले धुलिखेल धाइयो
धुम्रपान निषेध लेखेको गाडीमा
खानु धुवाँ खाइयो
भोक लागेको झोकमा
बाजेको पिन्ड सम्झी
दुई चार पिलेट मःमः लाइयो
लाउनु चक्कर लाइयो
धत्तेरीका गाँठे !
कस्तो शहरमा आइयो ?

एउटा पुस्तक प्रकाशनलाई
कहिले प्रतिष्ठान
कहिले प्राज्ञिकस्थान
सातौं फेरो लाइयो
न कतै केही पाइयो
न कतै छाइयो
चिनजानको भरमा
नेपाली नजान्ने ठाम्रे पनि
लेख्न नजान्ने भाङ्ग्रे पनि
प्राज्ञिक भएको पाइयो
आफूले त
खानु हन्डर खाइयो
धत्तेरीका गाँठे !
कस्तो शहरमा आइयो ?
हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x