साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पशुपति, वाग्मती र मान्छेहरू

Nepal Telecom ad

हत्केलाभरिका रेखामा
भविष्य खोज्दै
जटिल परिस्थितिले जन्माएको
कुन्ठित मनस्थितिग्रस्थ मान्छे
आजै सृष्टि सब पखाल्ने धुनमा
पशुपति धाईरहेछ, धर्मको बुई चढेर ।
नजिकै किनारैकिनार बग्ने बाग्मती
त्यही मान्छेको कुरूप मानसिकतामा
थिचिएर, मिचिएर दुखिरहिछिन्
असह्य वेदनामा मौन बिरोध जनाएर ।
मुखम राम–राम बगलीमा छुरा
बाहिर कोलाहल, हाहाकार र चीत्कारको
बिस्फोट गरेर
पशुपति–प्राङ्गणमा जोडले भट्याइरहेछ मान्छे
बुख्याचा सभ्यताभित्र बन्दीगृहमा झैं
आस्थाका धरोहर कक्रक्क परिरहेछन्
वाग्मती शिथिल बग्दैछिन्
दुखेको मन, पिरोलिएको हृदय
खन्डित भइरहेछ, वाग्मती र पशुपतिमा अनेक खन्ड भएर ।
बेसुर मान्छे
अझै पनि आडम्बरको खोलभित्र रूमलिएर
बुझ्न सकिरहेको छैन
पशुपति एक अनुपम कला हुन्
बाग्मती भूत, वर्तमान र भवबस्यकी जननी हुन्
मान्छे आदि, मध्य र अन्त्यका
कर्मयोगी उपासक हुन् भनेर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x