खगेन्द्र नेउपानेपशुपति, वाग्मती र मान्छेहरू
हत्केलाभरिका रेखामा
भविष्य खोज्दै
जटिल परिस्थितिले जन्माएको
कुन्ठित मनस्थितिग्रस्थ मान्छे
आजै सृष्टि सब पखाल्ने धुनमा
पशुपति धाईरहेछ, धर्मको बुई चढेर ।
नजिकै किनारैकिनार बग्ने बाग्मती
त्यही मान्छेको कुरूप मानसिकतामा
थिचिएर, मिचिएर दुखिरहिछिन्
असह्य वेदनामा मौन बिरोध जनाएर ।
मुखम राम–राम बगलीमा छुरा
बाहिर कोलाहल, हाहाकार र चीत्कारको
बिस्फोट गरेर
पशुपति–प्राङ्गणमा जोडले भट्याइरहेछ मान्छे
बुख्याचा सभ्यताभित्र बन्दीगृहमा झैं
आस्थाका धरोहर कक्रक्क परिरहेछन्
वाग्मती शिथिल बग्दैछिन्
दुखेको मन, पिरोलिएको हृदय
खन्डित भइरहेछ, वाग्मती र पशुपतिमा अनेक खन्ड भएर ।
बेसुर मान्छे
अझै पनि आडम्बरको खोलभित्र रूमलिएर
बुझ्न सकिरहेको छैन
पशुपति एक अनुपम कला हुन्
बाग्मती भूत, वर्तमान र भवबस्यकी जननी हुन्
मान्छे आदि, मध्य र अन्त्यका
कर्मयोगी उपासक हुन् भनेर ।
Subscribe
Login
0 Comments
Oldest





































