साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कठालोमा देश

Nepal Telecom ad

कठालोमा झुन्डेको छ देश
र अचानोमा लम्पसार छ घाँटी
जातीय गँडासीको सूत्रधार
आतुर छ
दश गजाको मौलोमा
बली चढाउन मलाई
भन, के बचाऊँ म यतिखेर
कठालाको देश वा अचानाको घाँटी ?
म फुल जोडेर माला उन्ने कुरा गर्छु
ऊ फुल च्यातेर संहार गर्ने कुरा गर्छ
म फुल रोपेर उद्यान बनाऊँ भन्छु
ऊ फुल गोडेर चिहान उठाउने कुरा गर्छ
पटक्कै कुरो मिल्दैन उसित मेरो
म हरियालीमा उत्थान देख्छु
ऊ खरानीमा समुत्थान भेट्छ
म पानीले प्यास मेट्छु
ऊ रगतले तिर्खा मेट्छ
म हिँडेर पुगिने कुरा गर्दा
ऊ छलाङ मारेर पुग्ने कुरा गर्छ
म प्रेमले छोएर मुटुमा बसिने कुरा गर्छु
ऊ ढाडमा टेकेर टाउकामा हान्ने कुरा गर्छ
म विचारले जीवन धान्ने कुरा गर्छु
ऊ बन्दुकले फैसला जान्ने कुरा गर्छ
पटक्कै कुरो मिल्दैन ऊसित मेरो
म विनम्रताले बोल्छु
ऊ धम्कीले थर्काउँछ
म समर्पणले आफ्ना कुरा सम्झाउँछु
ऊ अहङ्कारका कोर्राले हिर्काउँछ
ऊ बाटो बनाउँदैन बरु भत्काउँछ
कस्तो अचाडु हो
टुङ्गोमा पुग्दैन आफू
खालि अरुलाई लट्काउँछ ।
निरुत्तर समस्याको घोडामा
निरन्तर निरन्तर सवार ऊ
ओर्लेर समाधानका किरणहरू समेल्दैन
समयको लट्टाइबाट एकनास
अनन्त धागोको रासलाई गुजुल्टो पारेर
खेलि रहेछ धुन्धुकारी पिङ
यतिखेर कायल छ देश
र बेहाल छ
अधमरा बाँच्नेहरूको मनोकाङक्षा
तर पटक्क पग्लिन्न
रेतीले नकाटिने यसको फलामे मन
ढुङ्गाको कलेजाले रुँदैन संवेदनाको आँसु
ऊ सडक द्रोहको धुनी बालेर मान्छेलाई
आगोको हलुवा बाँडिरहेछ
कुन दिन पोलेर अपथ्यले पेट
भोकाहरू त्यसका कपाल पोल्न तयार हुनेछन्
थाहा छैन
कठालामा झुन्डेको देशले
अचानामा
त्यसकै टाउको राख्यो भने के हुन्छ ?
बुटवल
२०७१ । ११ । ७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x