साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सौता हाल्दिनै पर्यो जे होला

Nepal Telecom ad

आज मलाई अति रिस उठ्यो । जे गरे पनि नहुने । यसो गर्यो नहुने, उसो गर्यो नहुने । कहिले भने जस्तो नहुने । कहिले यो भएको छ, कहिले त्यो भएको छ । कहिले ठिक हुने हैन, भैंसी पाले झैं गरेर पाल्या छ तै नहुने । स्याहार सुसार समेत सानो छैन । बेला कुबेला किन अप्ठ्यारो पार्नु ? बिहानै सुम्सुम्यायो बेलुकै सुम्सुम्यायो दिक्क । कहिले अति नै राम्रो भएको जस्तो गर्ने, कहिले राम्रो हुँदाहुँदै मात्तिने कस्तो व्यहोरा हो ? दुनियाँमै नभएको । आफ्नो अरु केही कामै नभएर उसैकोमात्र स्याहार गरिरहनु पर्ने जस्तो । घुर्की लाएको जस्तो घरी लुरुलुरु घरी धुरुधुरु । यस्तो महङ्गीमा समेत ख्वाईप्याई राख्या छ । आवश्यक सबै पु¥याई दिएको छ, अझ नहुने । त्यसैको लागि मैले कति खर्च गरें भनी साध्य छैन । मैले ल्याएदेखि एक रात बाहिर कतै छाड्या थिएन ।
अस्ति झण्डै एक महिना थलिएर जात्रा । त्यो बेला मलाई ख्याल गाह्रो पर्या हो र, कसलाई के थाहा । चट्ट छाडी दिन पनि माया लाग्यो । आखिर यत्रो बर्ष सङ्गत गरियो । दुःखमा अनि सुखमा साथ रहियो । झरी भनिएन बादल भनिएन सँगसँगै कुदियो । मलाई हतार हुँदा मलाई भन्दा बडी उसलाई हतारो भएको हो कि भन्ने भान पाथ्र्यो । कसैले एकै दिन पनि उस्लाई औंलो उठाएका थिएनन् । मेरो त जागिर थियो थियो, ऊ पनि सँगसँगै जागिरे झै कुदेकै पनि हो । यसो केही किनमेल गरियो भने पनि खै यता लेऊ भनेर ऊ आफैं बोक्न तयार पनि भएकै हो । मैले कहिल्यै भारी बोक्नु परेन । स्वास्थ्य ठिक नहुँदा अस्पताल पनि पुर्याएकै हो । ल हिँड भनेपछि कहिल्यै नाई जान्न भनेको थिएन आजसम्म । तर एक्कासी किन मात्तिएको हो खोई ? हिजोआज यसो कतै जाउँ है भन्यो मरे मान्ने हैन । मानिहाले पनि जोत्दा बस्ने गोरु जस्तो बाटोमा थचक्क बसेपछि मरिगए मान्ने हैन । लाख विन्तिभाउ गर्दा पनि कहिले त टेरपुच्छर नलगाउने भन्या । समानुपातिकमा नाम नपरेकोले चित्त दुखाएको नेता कार्यकर्ता जस्तो गर्दै पो घुक्र्याउन थाल्यो बा । हुँदा हुँदा त साथीभाइले समेत आनिबानी थाहा पाएर छोडिदे यस्तो दुःख दिनेलाई, अर्को लेरा राम्रो हेरेर भन्या भन्यै छन । मेरो भने ल्याईहाल्न मन मानेको थिएन । तर अब अत्ति नै भो, नसकिने भो । जसरी पनि अर्को नल्याई नहुने नै भो ।
आज मैले यसो दुई चार ठाउँ हेरेर एक ठाउँ कुरो समेत मिलाएर आएँ । ल्याउन चाहिने खर्चबर्चको लागि ऋणको पनि बन्दोबस्त गरिसकेको छु । भोलि हेर्न बोलाएको छ । जे पर्ला अब चाहिँ अर्को मोटरसाईकल ल्याउनै प¥यो । भोलि दिउँसोतिर गएर हेरेर ल्याउनु पर्ला । माईलेज अलि राम्रो दिने चलाउन पनि सजिलो रिसेल भ्याल्यु पनि भएको हिरोको स्ल्पेण्डर प्रोलाई जोङ्गसेङ्गको सौता ल्याई दिने बिचार पो गरें मैले त, लौजा ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x