सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

थुइक्क लाज नभएको नकचरो !!

Nepal Telecom ad

जब म सानो थिएँ । मलाई आमाले, बुवाले, दाइले, मामाले, काकाले, गाउँले पनि भन्थे थुइक्क लाज नभएको नकचरो ! म कुनै नेता पनि थिइन, साँच्चै भनुँ भने कुनै सज्जन पनि थिइन । म कुनै विवेक भएको प्राणी त हुँदै होइन । तर म घरमा खाना खानासाथ छरछिमेक र तिनका घराँ मेरा र मेरा घरका आन्द्राभुँडी उल्टिने गरी घरका आन्तरिक कुरा गंर्थें । मेरा घरका, मेरा थरका, मेरा आफ्न्त, मेरा बाबा, मेरा आमा, मेरा मामा, मेरा काका र मेरा सबै सबै आफन्तका आन्तरिक कुरा छिमेकी टोल, चौराहामा कथा बनाएर हास्यव्यङ्ग्य गरेर उडाउने त मेरो धन्दै थियो ! मान्छे पनि त म आँखा देख्ने अन्धै हो ! त्यो त मेरो धन्दै हो ! म ज्ञानको त खासोखÞास अन्धै हो । हुन ता त्यो टुप्पी बाँधेर संस्कृत र के के जातिमा त ठुलो विधावारिधि पनि पाएकै हो । तर जागिर भनेको त त्यस्तै हो । को जागिर खाएर ठुला मान्छे भएका छन् र यहाँ हैन र ?

जब जब म ठुलो हुँदै गएँ । मैले घरमा रडाको मच्चाउन थालेँ । बाहिरका छिमेकी गाउँघर टोलका दादा ल्याई घरकालाई ठीक पार्न थालेँ । बाहिरका दादा घरभित्र छिरेपछि छिन्नभिन्न पार्ने शक्ति र तागत त मेरा गुरुहरूमा हुन्थ्यो नै । घरमा खाना नपाकेर के हुन्थ्यो म बाहिर ढुकेर पनि खान्थें । खान पाएपछि त भइहाल्यो नि हैन र ? आखिर दुख गरेर दिनरात मेहेनत गरेर जागिर खाएर पनि त्यै पापी पेट पाल्ने नै त हो भने मजासँग घरका कुरा काटी काटी आफ्नै घराँ रडाको मच्चाएकै भराँ पल्ला घरकाले पाल्छन् भने किन काम गर्नु पर्यो ? किन माम जोडनु पर्यो गाउँ टोल छरछिमेक र ओल्ला पल्ला गाउँनै रमाइलो मानी हाँस्छन् भने मेरो घर नास्सिएर के भो त ?

त्यस्तै एक दिनको कुरा हो । मेरो घरको कुरा काट्दै छिमेकीको सोफामा चटट् बसेर देब्रे हातको चोर औँला ठड्याइ मेरा घरका बाबा, आमा, काका, मामा, दाइ, भाइ, भाउजू, माइजू, काकी बाँकी सबैको हुर्मत लिँदै थिएँ । आहा क्या मज्जा ! मैले मेरो घरको दलिन भत्काम् कि जससुकैको भत्काम् ! दलिन त भत्काएकै हो ! घरमा रडाको मच्चाउँ कि बाहिर जेहोस् रडाको चाइन्जोमा मच्चाएकै हो ! मैले मेरा घरका बाख्रा भनौ कि बाहिरका बाख्रा कखुरा मारेकै हो ! बाख्रा र कुखुरा त झन चोरेकै हो ! मेरो घरको भनौं कि कता कताको भनौ सन्दुक त डाँकाको भेषमा आफ्नै देशमा त्यो पनि हजुरले नै दिएको बन्दुक देखाएर फुटाएकै हो । आमाको, दिदीको, बहिनीको, गाऊँ, टोल,जस्को भेट्यो उसको थैली, पैसा, चन्दा भन्दा बढ़ी गढीनै बनाई अघी बढेकै हो । जसको दिदी बहिनीको गहना लुछे पनि लुछ्न लगाए पनि कुरो एउटै हैन त हजुर ?

त्यसैले म चोर पनि हो । म ज्यानमारा पनि हो भनेर भन्दिन है । कुखुरा, बाख्रा, भेडा मार्ने ज्यानमारा भएन त हजुर । मैले झन त्यस्ता कुखुरा बाख्रा र भेडा कति मारे कति ? त्यै पनि म ज्यानमारा चाहिं हैन है हजुर । भगवान कृष्णले दही चोर्थे मैले पनि चोरेँ । भगवान कृष्णले चाहे कंश मार्दा होस्, चाहे दैंत्य मार्दा होस्, चाहे महाभारतको युद्धमा नै किन नहोस् कति मारेँ मारेँ ! भगवान कृष्ण जस्तै म पनि औतारी हुँ नि हैन र हजुर ? तर म कहिल्यै जेलको चार किल्ला भित्र छिर्नै परेको छैन । मसँग जति अकुत सम्पत्ती भए पनि कुनै अख्तियारले मलाई चियाउन पनि सकेको छैन झनै उल्टो विवाहको भोजमा मोजसँग खान बोलायो होला खाएँ पनि होला लाएँ पनि हुँला ।

मैले मेरा घरका सबैलाई बुद्धि नभएका पाखण्डीहरूले मलाई दुख दिए । लाज शर्म धर्म हराएकाले मलाई दुख दिए प्रभु म त हजुरकै शरणमा छु । मलाई हजुरहरूले जुठो पीठों, मीठो खुवाएर हुर्काएकै हो । म त्यही थाङ्ने हुँ प्रभु मैले हजुरको प्रत्येक ईसारमा मेरा घरका लहलहाउँदा फलफुल काटेकै हो । मैले सारा गाउँलेलाई बाँटेकै हो । मैले मेरा घरको धाराको पानी पाइप लगाएर हजुरको फुलवारीमा चढाएकै हो । प्रत्येक शब्द हजुरले लेखी दिनुभएको पट्टु गोवी कृष्ण क भनेर छट्टु भइ टोपलेकै हुँ । म आज जे छु । त्यो सबै हजुरहरूको आशिर्वादले भएको हुँ । प्रभु मलाई हजुरहरूको आशिर्वाद सधैं सधैं रहोस् प्रभु ! म हजुरका गोडामा तेल लगाइ दिउँला, टाउकोमा जेल लगाइ दिउँला, हजुरका चरण मिचिदिउँला मीठा मीठा पाकेका फल ल्याइ दिउँला प्रभु ।

प्रभु हजुरहरूले मलाई हजुरको सेवक बनाउनु पर्यो । मेरो घर राम्रो छ प्रभु हजुरलाई थाहै छ । मेरा घरमा कस्ता कस्ता चिजबिज छन् जुन संसारमा छैनन । मेरो घर सानो छ त के भो र प्रभु सप्तरङ्गी फूल मेरै घराँ फुल्छ । त्यो सबै मास्ने म छँदैछु । भेटी चढाउने म छँदैछु । हजुरलाई थाहै छ मैले हजुरलाई गाली गरेको जस्तो नाटक गरी हजुरको नारदमुनि भएकै छु । म त हजुर ! हजुरहरूको हनुमान भन्नुस्, हजुरहरूको लगौंटी भन्नुस्, हजुरको नोक्कर भन्नुस् । हजुरहरूको जुठो पिठो खाएर हुर्केको जुठे भन्नुस् । हजुरहरूको जुठेल्नाँ फालेको जुठे त हुँ नि हजुर ।

हजुर म आखिरमा हजुरहरूले सहयोग गरी त्यो मेरो घरको सम्पत्ती मेरा नाममा गराइ बक्सियोस् । त्यसपछि त म खास कुरा गरौँ भन्दा त सबै हजुरकै नाममा नामसारी गराइ दिउँला । जसरी सिस्नुघारीको सिक्किम चढाए हुन्न र हजुर ? सतोसत, धरोधर्म भन्न के मात्रै पाएको थिइन सबै गल्ल हाँसे । म त मलाई हेरेर किन जीहजुरीहरू पनि हाँसे भनी यस्सो हेरेँ । हतार हतारमा घरको गाँस खाएर कुराकाट्न कोट, टाइ टोपी लगाइ गएको थिएँ । टोपी त आक्रोसमा बोल्दै जाँदा प्रभुकै चरणमा खसेछ । पाएँटै बिनाको सर्ट, टाइ र कोट मात्रै पो रहेछ । ‘हतारको काम लतर पतर’ भन्थे त्यस्तै भयो बा । बल्ल मेरा आँखा आफ्नै अङ्गमा पर्दा पो म भरङ् भएँ । अनि मेरा आफ्न्तका कुरा सम्झें ‘थुइक्क लाज नभएको नकचरो’ वास्तवमा म त लाजै पचाएर छिमेकीकाँ हतार हतार आएछु । हो म त लाजै नभएको नकचरो हो । थुइक्क ! बोल्दा बोल्दै टक्क अडिएर टाउकोमा हात राख्छु । हा… हा… हा… म त अलिकति भने पनि बौलाएछु कि क्या हो हजुर ? हैन त?
हाल– अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दमदार दमडी

दमदार दमडी

सर्वज्ञ वाग्ले
साँढे

साँढे

सर्वज्ञ वाग्ले
नेता बन छोरा

नेता बन छोरा

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
जस्तो आफू उस्तै च्यापु

जस्तो आफू उस्तै च्यापु

सर्वज्ञ वाग्ले