साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साले होटेल

Nepal Telecom ad

तपाईं हाइ वेमा
देख्नु त भएकै होला
कतै भेना होटेल
कतै साली होटेल
कतै काले होटेल
कतै रातो भाले होटेल
तर देख्नु भाछ
बानेश्वरको साले होटेल ?
यहाँ
सेकुवादेखि छोइलासम्म
भुटनदेखि अइलासम्म पाइन्छ
सुँगुरको साँप्रोदेखि
हरियो पाप्रोसम्म पाइन्छ
स्वादको कुरा छाड्नुस्
अर्डर पुराउनै नसकिने माग छ
यहाँको विशषता
जसले खान्छ
उसलाई त नसा नै लाग्छ ।

यहाँ एक पटक खाएपछि
न कोही कतै जान्छ
न कोही अन्त खान्छ
यसले त ग्राहकलाई
चुम्बकले झैं तान्छ
यहाँका आइटम
स्वदेशदेखि विदेशसम्मको छ
मन पर्नेलाई
वेगन, बर्गर किचेनमा टम्म छ
यहाँ
चाइनिजदेखि अमेरिकासम्मको पाउँछ
हरेक आइटमले
ग्राहकलाई मोहनी लाउँछ ।

लुच्चा लफङ्गा आउछन्
ती खाइ झन बौलाउछन्
सज्जनहरू आउँछन्
खाएपछि
एक छिन त टोलाउँछन्
तर ती पनि पछि त
बिस्तारै बौलाउछन ।

यहाँको हरेक आइटम
मसलादार छ वासनादार
रसादार छ नसादार छ
खसादार छ फसादार छ
खाएपछि
कोही गधा बन्छन्
कोही बन्छन् ढोई
कोही फ्याउरो बन्छन्
कोही बन्छन् गोही ।

यहाँ खाएपछि
तिनीहरू
धर्म बिर्सन्छन्
कर्म बिर्सन्छन
जनताको मर्म बिर्सन्छन
त्यसैले
कोही टोलाउछन
कोही मौलाउछन
कोही त ठ्याक्कै बौलाउछन ।

एउटै उद्धेश्य अाए पनि
यहाँ खाएर
बिचार फरक छन
मत फरक छन
कोही न आए भने पनि
छ सय एक
यसका नियमित ग्राहक छन् ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
बाको श्राद्ध

बाको श्राद्ध

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x