प्रेम ओली ढकलपुरेकर्ताको इनाम
सके जिन्दगी भरी
नसके मेरो कार्यकाल भरी
हाम्रो झन्डा झोला बोक्नु
अझ सकिन्छ गाउँ जाँदा
खोला नालामा पनि बोक्नु
मैले भाषण गर्दा
बुझे पनि नबुझे पनि
सभामा ताली ठोक्नु
तर मैले काम गरिदिएन भनी
कतै नखोक्नु
गुनासो न पोख्नु
हामीलाई भेटेपछि
राजालाई झै निहुरेर
जदौ गर्दै ढोग्नु
अनि मात्र हुनेछौ
सच्चा जय नेपाल
अच्छा लाल सलाम
तर फेरि नठान्नु
तिमी हाम्रो गुलाम
एक दिन
पार्टीबाट निस्कासित भएर
अवश्य पाउनेछौ इनाम ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































