सुलसुलेअप्रिल फुलमा आरम्भको गोष्ठी
काठमाडौं अप्रिल फुलको अवसर पारेर आरम्भले कविता गोष्ठीको आयोजना गर्यो । साहित्यकार धिरेन्द्र प्रेमर्सीको पमुख आतिथ्यमा भएको कार्यक्रममा गोष्ठीमा विवि रचना वाचन गरिएको थियो ।
गोष्ठीमा ज्ञानुवाकर, प्रेम ओली, सुमी लोहनी, बिदुर वस्ती, ऋचा, पुन्य प्रसाद आचार्य, मोहन पोखरेल, दिनेश लुइटेल, जनार्दन अधिकारी, विजय विश्वास, अभागी मानन्धर, उर्मिला पन्त , तपेन्द्र घोडासैनी, गोपाल नेपाल, केशवराज यात्री, नबिन चिराग, त्रिपुरा पौडेल, स्मिता, सरद डाँगी, ज्योति ढकाल, अभी ओली लगायत स्रष्टाहरूले रचना प्रस्तुत गरे ।
वाचन गरिएका रचनाहरूमा नेपालको वर्तमान राजनीतिक, साँस्कृतिक तथा सामाजिक विकृतिमाथि केन्द्रित थिए । गीत , गजल , मुक्तक र कबिता वाचन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिी प्रेमर्षिले आज स्रस्टाहरूले अप्रिल फुल मनाएको तर नेता तीन चौसठी दिन नै अप्रिल फुल मनाइरहेको बताउनु भयो ।
प्रणवानन्द आश्रम भएको सो कार्यक्रमको अध्यक्षता प्रेम ओली र कार्यक्रमको सञ्चालन दिनेस लुइटेलद्वारा गरिएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































