साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धन्न तिम्रा आँखा !

Nepal Telecom ad

डोरीलाई नाग देख्यौ, धन्न तिम्रा आँखा !
बिरालोमा बाघ देख्यौ, धन्न तिम्रा आँखा !!

यति मिठो सुरिलो छ यो पन्क्षीको भाका
कोइलीमा काग देख्यौ, धन्न तिम्रा आँखा !

कस्तो तिम्रो तिथि मिति कस्तो तिम्रो पात्रो
बाह्रै मास माघ देख्यौ, धन्न तिम्रा आँखा !

कति सफा कति कन्चन छ यो जिन्दगानी
यसमा पनि दाग देख्यौ, धन्न तिम्रा आँखा !

बालुवा र खरानी छ तिम्रो सिद्धान्तमा
वाह साथी ! वाग देख्यौ, धन्न तिम्रा आँखा !
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x