साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्ध्याको शुभकामना कविगोष्ठी

Nepal Telecom ad

काठमाडौं, वैशाख ५, ०७१ । साहित्य सन्ध्याको ३४८ औँ कार्यक्रम राजधानीमा ‘सांस्कृतिक परम्परा र रूपान्तरण’ विषयक परिचर्चा सहित शुभकामना विशेष कविगोष्ठी सम्पन्न भयो । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा अतिथिका रूपमा वरिष्ठ साहित्यकार संस्कृतिविद् डा. सुन्दरकृष्ण जोशी, प्राज्ञ एवम् वरिष्ठ कवि पूर्ण विराम, प्राज्ञ एवम् गायक सानु पहाडी, स्रष्टा समाज नेपालका अध्यक्ष अतृप्त पाण्डेय, वरिष्ठ कवि कणाद महर्षि, जन गायक रामकृष्ण दुवाल, अभिनव साहित्य समाजका अध्यक्ष वेदमणि घिमिरे र शिक्षासेवी कुलप्रसाद ढकाल उपस्थित हुनु हुन्थ्यो ।

गोष्ठीको प्रारम्भमै सञ्चालक रमेश पोखरेलले प्रगतिशील साहित्यको उत्थानमा विगत बत्तिस वर्षदेखि अविच्छिन्न रूपमा हरेक महिनाको पहिलो शनिवार सञ्चालन भइ रहेको साहित्य सन्ध्यामा आज ‘सांस्कृतिक परम्परा र रूपान्तरण’ विषयमा चर्चा गरिने र नव वर्षको उपलक्ष्यमा शुभ कामना सम्बन्धी अनि आजै आमाको सम्मान गर्ने दिन पनि परेकाले आमाको सम्मानका कविता वाचन गरिने जानकारी दिनु हुँदै विशेष चर्चाका लागि संस्कृतिविद् डा.सुन्दरकृष्ण जोशीलाई अनुरोध गर्नु भयो ।

गोष्ठीमा बाल कविहरू अनुज्ञा र प्रविज्ञा नेपाल, अन्य कविहरू अभ्यस्त यात्री, इन्दु अंशु, पूर्ण विराम, देवी नेपाल, मोहनमणि पोखरेल, ओमप्रसाद कोइराला, मुकुन्द न्यौपाने, राम विनय, रमेश पोखरेल, अतृप्त पाण्डेय, कणाद महर्षि, ब्रह्मप्रिय प्रेमस्वरूप, डम्बरध्वज लिम्बू, प्रेमराज सिलवाल, गोविन्दप्रसाद आचार्य, डम्बर पहाडी, भोलानाथ सुवेदी, अशोक सुवेदी, पुण्य गौतम ‘विश्वास’, उर्मिला पन्त पाण्डेय, रश्मि रिमाल, रमेश गौतम ‘पाल्पाली’, प्रमोद स्नेही, प्रेम ओली, सरस्वती चिमौरिया, सानु पहाडी, ललित बस्नेत ‘भिमाली’, कल्पना काफ्ले, नवराज श्रेष्ठ, गौरी दाहाल, हिरामणि पाण्डे, जी.बी. आचार्य, वेदमणि घिमिरे, डिल्लीप्रसाद मुल्तिहुन, गोपाल नेपाल, प्रशान्त खरेल, जङ्ग पहाडी, तुलसीनारायण चित्रकार, रेहान खान, लक्ष्मण अधिकारी, अच्युत घिमिरे, जयन्ता पोखरेल, रोशन गिरी नवीन, देवकी के.सी., सोमनाथ कोइराला, डा.सुन्दरकृष्ण जोशी, के.पी.ढकाल, प्रा.बेटी बज्राचार्य, मुक्तान थेवा, रामचन्द्र खतिवडा, तपेन्द्र घोडासैनी र जन गायक रामकृष्ण दुवालले आआफ्ना कविता, गीत गजल प्रस्तुत गर्नु भयो ।

गोष्ठीमा ‘सांस्कृतिक परम्परा र रूपान्तरण’ विषयमा पहिलेदेखि अहिलेसम्म चल्दै आएको हाम्रो समाजमा चलि आएका सांस्कृतिक परम्पराहरू क्रमशः छोटिँदै आएका, समाजमा चलेका सोर ओटा संस्कार छोटिएर अहिले न्वारान, व्रतबन्ध, विवाह र मृत्यु संस्कार गरी चार ओटामा खुम्चिएका; नेवारी समाजमा पनि संस्कारहरू छोटिँदै गएकाले प्रकारान्तरले समाज अन्ध विश्वासबाट रूपान्तरित हुँदै गएको पाइएको छ तर सँगसँगै सामाजिक कार्यहरूमा उत्ताउलो र भड्किलोपन देखिएको छ यो चाहि राम्रो पक्ष नरहेको; नेवारी समाज र पर्वते समाजमा बुढो पास्नी अर्थात् चौरासी गर्ने प्रचलन रहेको छ, सतहत्तर वर्ष सात महिना सात दिन र सात पलामा गर्ने वा दश हजार चन्द्रमा दर्शन गरि सकेपछि गर्ने परम्परा जीवित रहेका छन, कर्तव्यको भारी राम्रोसँग बोक्न सकेको सम्मानमा यो पास्नी गर्ने हो तर अहिले जस्तोसुकै व्यक्तिको हकमा पनि गर्ने र आडम्बर देखाउने चलन समेत चलेको छ, यसमा रूपान्तरण आवश्यक छ । अन्त्यष्टी संस्कारमा भनिने गरुड पुराणले अझै पनि अन्ध विश्वासलाई बोकेको छ र यसलाई स्विकार्नु हुन्न भन्ने चेतना सबैमा पुर्याउनु आवश्यक छ, होडबाजी होइन सकेको मात्र खर्च गरी संस्कार जोगाउनु पर्छ भन्ने चेतना अभिृवृद्धि आजको आवश्यकता हो भन्नु भयो ।

उपप्रा.एवम् समीक्षक रूपक अलङ्कारले वाचित कवितामा टिप्पणी गर्नु हुँदै आमाको सम्मानका, नव वर्षको शुभ कामनाका र समसामयिक विकृति विसङ्गति, महिला हिंसामा सुधार गर्ने चेतनाका र केही अध्यात्म चिन्तनका र केही प्रेम भावनाका कविता वाचन भएका; कविता हृदयको अभिव्यक्ति भएकाले सुनाउँदै सुनाउँदै, अग्रजबाट सिक्दै, परिष्कार गर्ने प्रयत्न गर्नु पर्ने; विम्बमा, ध्वन्यार्थमा बोल्नु पर्दछ; भाव र लयलाई तालमेल मिलाउन सके राम्रो हुने नत्र एउटा पक्ष चाहि राम्रो पार्ने प्रयत्न गर्नु पर्छ भन्ने तथ्यलाई स्रष्टाले आत्मसात गर्ने हो भने प्रयत्न सार्थक हुन्छ भन्दै समग्रमा आजको गोष्ठी उत्कृष्ट रहेको धारणा व्यक्त गर्नु भयो ।

गोष्ठीको समापन गर्दै अध्यक्ष राम विनयले साहित्य सन्ध्या सामाजिक सांस्कृतिक रूपान्तरणको सशक्त अभियान चलाइ रहेको संस्था भएकाले यसले समग्र प्रगतिशील साहित्यको अध्ययन र उत्थानको पाटोलाई कुनै न कुनै कोणबाट विश्लेषण गर्ने कार्य गर्दछ । आज हाम्रो समाजमा विद्यमान संस्कार र तिनमा रूपान्तरणका बारेमा संस्कृतिविद्बाट निकै धेरै जानकारी प्राप्त भयो । हामी उहाँलाई यो महत्त्वपूर्ण कार्यका लागि धन्यवाद भन्छौँ । अर्काे कार्यक्रममा कुनै विशेष विषय लिएर उपस्थित हुने नै छौँ भन्दै आइ दिनु हुने सबै सबैमा हार्दिक धन्यवाद सहित गोष्ठीको समापन गर्नु भयो ।
–रमेश

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x