सुलसुलेकन्काईका सुस्केराहरूको लोकार्पण
झापा, ०७२ वैशाख ५ । झापाली साहित्य समाजको आयोजना, सर्जक मञ्च झापा र त्रिवेणी गजल मञ्च बुधवारेको सह आयोजनमा भव्य र सभ्य कार्यक्रमका बिच कन्काईका सुस्केराहरू झापाली सर्जकहरूको संयुक्त गजल सङ्ग्रहको लोकार्पण गरिएको छ ।
प्रसिद्ध भाषाविद् एवम् वरिष्ठ साहित्यकार श्री चूडामणि रेग्मीको प्रमुख आतिथ्य, आख्यानकार पुण्य प्रसाद खरेल, चर्चित कवि मुनाराज शेर्मा, कवि तथा साहित्यकार देवीचरण भण्डारी, कृष्ण सुवेदी निराकार, विवश बलिभद्र कोइराला र जी पी तिवारीको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रमुख अतिथि रेग्मीले कृतिको लोकार्पण गर्नु भएको थियो भने लोकार्पित कृतिको समीक्षा मुनाराज शेर्माले गर्नु भएको थियो । कार्यक्रममा कन्काईका सुस्केराहरू झापाली संयुक्त गजल सरू्ग्रहका लागि उपललब्ध भएका गजलहरूको मूल्याङ्कन गरिदिएर प्रकाशनका लागि छनोट गरि दिनुहुने अग्रज गजल विधाका स्रष्टा ब्यक्तित्वहरू डा.घनश्याम परिश्रमी न्यौपाने, प्राध्यापक भक्तिप्रसाद पौडेल र आवाज शर्माका साथै आचार्य प्रभालाई सम्मान पनि गरिएको थियो ।
सम्मानित ब्यक्तित्वहरूको सम्मान पत्र दिलिप घिमिरे, रहस्यविक्रम चिमरिया, प्रकाश आचार्य र अभागी थेगुवाले वाचन गर्नु भएको थियो ।यसै गरी कृति प्रकाशन समूहका सावित्रा लुईटेल घिमिरे, विवेक दुलाल, जी पी तिवारी, निराजन प्रभात र इन्नोसेन्ट राजनलाई पनि प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो ।
तीनवटा ममवत्ति प्रज्वलित गरेर उदघाटन गरिएको कार्यक्रममा दुई बालिकाहरूको नृत्यद्वारा उपस्थित सबैलाई स्वागत गरिएको थियो भने स्वागत मन्तव्य समाजका सचिव विकास शिवाले गर्नु भएको थियो । यसैगरि कन्काईका सुस्केराहरूको बारेमा र कन्काई ताराको अवधारणा र कार्यक्रमको औचित्यका सम्बन्धमा प्रकाशन समूहका जी पी तिवारीले प्रकाश पार्नु भएको थियो । उहाँले कन्काई ताराका लागि एक अक्षय कोषको अवधारणा प्रस्तुत गर्दै यसका लागि प्रकाशित गजल सङ्ग्रहमा सङ्ग्रहित भएका गजलकारहरूबाट नेपालका लागि प्रत्येकबाट न्यूनतम रु.२०००। दरले र प्रवाशमा रहनेका लागि कम्तिमा रु.१०,०००। का दरले अक्षय कोषमा रकम जम्मा गरिने र त्यसको ब्याजबाट प्रत्येक वर्ष एकजना स्रष्टालाई एक भव्य कार्यक्रम गरी नगद राशीसहित सम्मान गरिने कुरा राख्नु भएको थियो ।
प्रमुख अतिथि तथा कार्यक्रमका अध्यक्ष तथा झापाली साहित्य समाजका अध्यक्ष हरि वरालले मन्तब्य राख्नु भएको थियो ।
–देवीचरण
Subscribe
Login
0 Comments
Oldest











































