साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तितो सत्य

Nepal Telecom ad

ज्ञानी गौतम बुद्ध आज सबका आफ्ना भए ज्ञानले
झुक्छन् सज्जन सामु जो पनि सधैं श्रद्धा र सम्मानले ।
आफ्नाले बदनाम गर्छ कहिलेकाहीँ नजानेर नै
त्यागी मात्र सदैव पूजित यहाँ राम्रा र हाम्रा उनै ।।

थन्किन्छन् हतियार भित्र घरमा बोधो भएको भए
सिक्थेँ ठाडिन झुक्न बिर्सन गई कोदो भएको भए ।
गाह्रोमा कुन मित्र हो र कुन हो वैरी भनी छुट्टिने
पक्का हो गुण दोष चिन्न नसके धोका ठुलो पाइने ।।

काँटी एक मनग्य हुन्छ जगका वृक्षादि सल्काउन
काफी सूर्य छ यो समस्त जगमा आलोक झल्काउन ।
आशातीत पवित्र भाव मनमा राखेर बाँच्ने गर
कैले मास छरेर भूल हुन गै कोदो फलेको छ र ?

हुन्छन् योग्य जतासुकै सफल नै को सूर्य चम्काउँछ
एक्लै बस्दछ शेर जङ्गल महाँ को जन्तु धम्क्याउँछ ?
खै को पोत्छ र रङ्ग यी कुसुममा काँडा तिखार्ला र को ?
चर्चा हुन्छ बढी सदैव जगमा गर्छन् ठुलो काम जो ?

दिन्छन् मित्र तनाव जो नपुरिने साँच्चै ठुलो घाउ छ ।
पाई काम र माम खान सकिने राम्रो कतै ठाउँ छ ?
भन्दा हुन् किन ’रामराज्य’ मुखले यो गर्त सोला दिई
छैनन् शाश्वत चीज क्यै पनि यहाँ जान्छन् सबै सिद्धिई ।।
पाटन नपा –९, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x