सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भूकम्प पीडित स्रष्टाको अभिलेख सुरु

Nepal Telecom ad

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विनाशकारी भूकम्पले नेपाली वाङ्मयका स्रष्टाहरूलाई पुर्याएको अपूरणीय क्षतिको अभिलेख सङ्कलन गर्न सुरु गरेको छ ।

अनेसासले भूकम्पका कारण मृत्यु भएका, घाइते र बेघर भएका पीडित स्रष्टाहरूको अभिलेख तयार गर्न ‘भूकम्पपीडित स्रष्टा अभिलेख समिति–२०७२’ स्थापना गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य मातृका पोखरेल संयोजक रहेको समितिमा कवि कृष्ण प्रसाई सहसंयोजक, अनेसास केन्द्रीय सदस्य सन्ध्या पहाडी महासचिव र सदस्यहरूमा साहित्यकारहरू प्रतिक ढकाल र फूलमान बल रहेका छन् ।

अनेसास अध्यक्ष पदम विश्वकर्मा र वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली अनुगमन समितिमा रहेका छन् भने माया ठकुरी र प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल र प्राज्ञ उन्नती बोहरा ‘शीला’, सल्लाहकार रहेका छन् । अभिलेख तयार भएपछि सो समितिको सिफारिसका आधारमा पीडितलाई अनेसास केन्द्रीय समितिले नेपाल च्याप्टरलाई उपलब्ध गराएको ५ लाख रुपैयाँ राहतमा खर्च गरिने छ ।

अभिलेखका लागि अन्य सम्बन्धित निकाय र सरोकारपक्षलाई उपलब्ध गराई थप राहतका लागि समेत अनुरोध गरिने जनाइएको छ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad