प्रेम ओली ढकलपुरेकस्तो महाजाल
ठुल ठुला माछा बाहिर रमाइरा’छन्
आफ्नो बर्चश्व झन जमाइरा’छन्
कस्तो यो माहाजाल
खाली खिदा समाउँछ
ठुला माछा नसमाएर
भुराभारी मै रमाउँछ ।
कोही माछा करोडौँको दाना खाई
उग्राउँदै छन
कोही माछा लाखौँको खाना खाई
डुक्राउँदै छन्
कोही माछा डकार्दैछन्
कोही माछा खकार्दै छन्
कस्तो यो महाजाल
ठुला माछा छोडेर
खाली साना माछा मात्र समाउँछ
करोडौँ खानेलाई छाडेर
हजार खाने मै रमाउँछ ।
सार्क पनि छन् व्हेल पनि छन्
घोटालाका ठुला रोयल पनि छन्
समाउने नै हो भने
व्हेल समाउनु नि
सार्क समाउनु नि
ठुला माछा समाउन
किन हात कमाउनु नि
कस्तो यो महाजाल
खाली झिँगे झाँगा समाउँछ
खिदाखादीमा पो रमाउँछ ।
चन्ड छन प्रचन्ड छन्
ह्वास्स गनाएका उदन्ड छन्
करोडौ उडाउनेका झुण्ड छन्
भ्रष्टाचारका जन्ड छन्
तर ठुला माछा त घुमेका छन्
ससाना माछालाई थुनेका छन्
कस्तो यो महाजाल
ह्वेल माछालाई छोडेर
बाम माछालाई समाउँछ
के के गरँे भन्दै
यसैमा रमाउँछ ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































