चूडामणि रेग्मीलोकतन्त्र पन्चतन्त्रै भयो !
१. कुन पार्टी किन जाने ? ज्ञान छैन जस्तो !
ए बाबा हो ! नेपालमा कस्तो पारा बढ्यो !
२. जुन पार्टी सत्ताभित्र छिर्न पाओस् ! उस्तै !
सामन्त नै हुन खोज्ने ! कस्तो दृश्य ओहो !
३. भ्रष्टाचार रोक्तै गयो ! भ्रष्टाचारै अघि !
मायावी पो हो कि जस्तो ! ए गाँठे यो कस्तो !
४. काठमाडौं केन्द्र हुन्थ्यो ! पार्टी केन्द्र भयो !
कहाँ कहाँ बस्छन् नेता त्यतै केन्द्र भयो !
५. लोकतन्त्र भावनाको जडी मन्त्र के हो ?
शिक्षा तथा संस्कृति हो ! थाहै छैन जस्तो !
६. गाँठी शिक्षा दरो भाव संस्कृति हो अहो !
यतातिर ध्यानै छैन जस्तै जस्तै भयो !
७. खेलकुद खेलै भयो ! विश्व कता पुग्यो !
खर्च भने विश्वलाई भेट्छ जस्तो भयो !
८. के गन्थन ! साँच्चो कुरो भन्नु पर्ने भयो !
नेपालको लोकतन्त्र पन्चतन्त्रै भयो !
झर्रो नेपाली घर, चन्द्रगढी झापा
Subscribe
Login
0 Comments
Oldest







































