साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तेस्रो विश्वयुद्ध

Nepal Telecom ad

बम बारुदको आवाज आएको छैन,
जङ्गल जङ्गल भाग्नु परेको छैन
आकाशमा जहाजका ताँती देखिँदैनन्
आधारातमा कौलास्दै सैनिक कुदेका छैनन्
हामी शान्ती प्रेमी देश, शान्तमा छौँ
युद्ध चलेको छैन, सोच्दै छौ नि तिमी
त्यो सब गलत हो
युद्ध चलि सक्यो, हामी युद्ध लड्दै छौँ
आजकालको युद्धनै यस्तै हुन्छ
न गोली चल्छ,
न काटमारको भाषा बोल्छ
बोल्छ त बस् कानेखुसी गर्दै धमिरा बोल्छ
खुसर खुसर सलबलाउन थाल्छ
त्यसले धर्म बोल्छ, पहिचान बोल्छ
संस्कृती परम्परा बोल्छ
अनि भित्र भित्रै लम्पसार पारिदिन्छ
तर भौतिक शरिर ढल्दैन,
स्वाधिनता ढालिदिन्छ, मानसिकता ढालिदिन्छ
अनि तिम्रो छातिमा उसले जङ्गे पिल्लर ठोकेर
उसको विजयी झण्डा गाडेर जान्छ,
तिमीले आफ्नो हार पनि थहा पाउदैनौ
हो यसरी चल्छ युद्ध अहिले
मुर्ख हुन् ति जो बन्दुक बोकेर
देशको रक्षा गर्छु भन्छन्,
उसैको परिवार युद्धमा परास्त भैसक्यो
उ भने दँग छ, म सिमामा अडिक छु भन्दै
दाजु आउ फर्केर,
आजकाल मैदानमा बन्दक चल्दैनन्
समाज भित्रै सँजाल चल्छन्, घरदैलो अभियान चल्छन्,
संचारका माध्यम चल्छन्, साटासाटमा संस्कृती चल्छन्
अनि ढल्छन् लाशहरु तर मृत कोही देखिँदैनन्
छेडिन्छ छातीहरु, काटिन्छ शिर
तर रगत कहिँ बग्दैनन्
तिमी न्युटनको भविष्यवाणी मानेर बसेका छौ भने,
स्मरण रहोस, उनी विज्ञानका मानिष थिए
विज्ञानकै तरिकाले सोचे,
युद्धको परिभाषा त समाज शास्त्रीलाई सोध
के युद्ध भनेको आफ्नो प्रभाव जमाउनु होइन?
आफुमा निर्भर गराउनु होइन?
विस्तारवाद फैलाउनु होइन?
यी सबै त सरु भैसके ।
त्यसैले आउ होशमा,
लड तिम्रो स्वाभिमानका लागि
सम्झ इतिहाँस तिम्रो जितको,
जोगाउ एक पटक यो देशलाई फेरी अनि
गर्भ साथ भन स्वतन्त्रै रह्यो मेरो देश
तेस्रो विश्व युद्ध पछि पनि ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x