सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सरकार !!

Nepal Telecom ad

हत्या हिंसा बलत्कार खुलेआम भो सरकार
बुद्धको यो देश किन बदनाम भो सरकार !!

ज्यान लिन तुल्लेका छन् तिम्रा सुरक्षाकर्मीहरू
हेर्नुस् हाम्रो शरीरभरी निलडाम भो सरकार !!

कानभरी तेल हाली कतिन्जेल सुत्नु हुन्छ ?
जाग्नुहओस् पिँडीभरी घामैघाम भो सरकार !!

कति दमन गर्नु हुन्छ ?जनताका चाहनालाई
आज फेरि सडकमा चक्काजाम भो सरकार !!

आँगनसँगै मुटु चिर्यौ र’पो गाउँले जुर्मुराए
प्रदेश जाने घोडा तिम्रो बेलगाम भो सरकार !!
मोरङ उर्लाबारी
हाल– साउदी अरब

Fitkauli Publication Books comming soon
Nepal Telecom ad