साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घैँटाका कुमालेहरू

Nepal Telecom ad

प्लाष्टिकका सपनाका फुल बाँडेर ओथारो बस्न सिकाउने महामानवको कमि छैन हाम्रो देशमा । ती सपनाहरू कहिल्यै कोरलिएका छैनन् भन्ने तपाइँले पनि महसुस गर्नु भएको छ नै होला । उधारो आश्वासनको पुलमा चढेर सिंहदरबारको बाटो पहिल्याउने साँढेहरू डुक्रिनु र टुक्रिनु स्वभाविक पनि हो । कारण, राजनीतिले थिति बिगार्ने परिपाटी बसिसकेको छ ।

अराजकताको चरीलाई गुँड लगाउन दिएर चारो हाल्ने काम गर्ने पनि यिनै महामानवहरू नै थिए । जब त्यो चरी म¥यो तब घैंटामा खजाना लिएर गानाबजाना गरेर हप्ते उठाउनेहरूले राज गरेर अराजकताको ताज पहिरिएका थिए तर एकाएक त्यो घैंटो फुटेपछि खजाना नपाईने कारणले केही नरसिंगाहरू बजिरहेका छन् आजकल बिरहका धुनमा ।
घैँटो आफै बन्दैन, यसलाई बनाउन कुमालेको हात चाहिन्छ । हाम्रो नेपालमा सात सालपछि, छयालिस सालपछि तरुण घैँटाहरू बनाउने कुमालेको रुखमुनि छहारी दिने कारखाना थियो । तिनै कारखानाको नक्कल गरेर सोसफोर्सका घैँटा र सियाँल नामक घैँटाहरूको उत्पादन गरिने कारखानाको उद्घाटन गरिएपछि छोटे कुमालेहरू टोल टोलमा घैँटा बनाउन उद्दत भएको तपाईं हामीले महसुस गरेको हैन र ?

भरिएका घैँटाहरू कसैका लागि सगुनका सङ्केत हुन सक्लान् तर रित्ता घैँटाहरू अपसकुन नै हुन् तर यी घैँटाको उत्पादन बढी भएपछि बजारमा यिनको आतङ्क बढ्ने कारणले गर्दा बजार आजकल सशङ्कित हुने गरेको पाइन्छ । हुन पनि कुरुप घैँटाहरूको उत्पादनले कुमालेको दक्षतामाथि प्रश्न उठेको छ । बजारमा आफूलाई स्थापित गर्नको लागि घैँटा उत्पादन गर्ने कुमालेहरू यी कुरुप घैटालाई नै राम्रो र हाम्रो भन्ने गरेकाले कहिलेकाहीँ विवादको फसादमा पर्ने गरेको पाइन्छ ।

हुन पनि यी घैँटाले निकै सास्ती दिने गरेका छन् । आफूलाई भरिनको लागि डरलाग्दा हतकण्डा अपनाएर बितण्डा मच्चाउने अनि खजाना भरेर उल्फाको धन फुपूको श्राद्ध गर्न तम्सिने कुमालेनै यी घैँटालाई अघि सारेको पाइन्छ । तसर्थ बजारमा जति पनि घैँटा छन् तिनलाई त्यति नै कुमालेहरूले संरक्षण गरिरहेका हुन्छन् ।

माटोलाई आकार दिने कुमालेले हो । कुमालेले माटोलााई आकार दिननिकै मेहनत गर्नु पर्दछ, सीप लगाएर बनाएका घैँटा फुटेपछिको आक्रोश अरुलाई दिएको उदाहरण प्रसस्त पाइन्छ । बिधिलाई गिदीमा नराखी घैँटा नै घैँटाकोे बिरङ्गी आवाजमा नाच गरेर उफ्रनेहरू घैँटाको आवाज नपाउँदा नयाँ घैँटाको खोजीमा रहेका हुन्छन् । तसर्थ नयाँ घैँटा जन्माउने सपनाको सिसमहलमा कुमालेहरू लागेको प्रस्ट हुन्छ त्यसैले यी कुमालेहरू ससुराबाको घैँटा फुटे पनि मानवअधिकार आयोगमा चिच्याउन गएको पनि पाइन्छ । घैँटाको आवाजको तालमा नाच्ने कुमालेलाई घैँटो नभएपछि साना माटाका अम्खरा बनाएर नाच्न लागेको तपाईकै गाउँठाउँमा देख्न सकिन्छ । तसर्थ यी घैटो बनाउने कुमालेलाई तपाईंले एक नजरले हेर्न जरुरी हुन्छ । जदौ ।
बेसीशहर नगरपालिका– ७, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
कुर्ने कि घुर्ने ?

कुर्ने कि घुर्ने ?

विश्व विनोद
खादा, माला र अबिर टोलाएको बेला

खादा, माला र अबिर...

विश्व विनोद
देश कहाँ छ त ?

देश कहाँ छ त...

विश्व विनोद
0
Would love your thoughts, please comment.x
()
x