साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पागलको गीत

Nepal Telecom ad

हेर्नू, मेरो अञ्जुलीबाट
जीवनको समुद्र नै चुहिएर सकिएको छ ।
मेरो हत्केलाबाट खसेर
जीवनको ऐना टुक्रा टुक्रा भएको छ ।
आँखाभित्रै पहिरोमा पुरिएका छन्
सर्वाधिक प्रिय सपनाहरू
सम्झनाको लागि उपहार भनेर
अलिकति सपनाहरू चोरी लगेका थिए बिर्सनेहरूले
न उनीहरूले ती सपनाहरू आँखामा सजाएका छन्
न मलाई फिर्ता दिएका छन् ।
हातमा
उख्लिएको मुटु च्यापेर हिँडिरहेछु वर्षौंदेखि
न त्यसलाई छातीमा लगेर टाँसिदिने
कुनै मायालु हात छ
न त्यसलाई चितामा फ्याँकिदिने
कुनै महान् आत्मा छ ।
यो सडक नै हो मेरो पाठशाला
यो सडक नै हो मेरो धर्मशाला
मलाई कसले पागल बनायो ए बटुवा दाइ ?
मेरो बुद्धि, ईश्वर
वा यो कुरुप राज्यसत्ताले ?
कसरी झरेँ म यो सडकमा ?
यो सडक नै हो जीवनको प्रयोगशाला !
नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सर्दी

सर्दी

भूपिन खड्का
लज्जा !

लज्जा !

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x