साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आकाशे पुल

Nepal Telecom ad

“बनिनसक्दै चर्कन थाल्यो आकाशे पुल” शीर्षक दिएर ठुल्ठुला अक्षरमा चर्चित पत्रिकामा फोटोसहित समाचार छापियो । अफिसमा हल्लिखल्ली मच्चियो । तुरुन्तै सब–इन्जिनियरलाई हाजिर गराइयो ।

“मैले त इन्जिनियर साहेबको निर्देशन बमोजिम गरेको हुँ !” सब–इन्जिनियर पन्छिए ।

इन्जिनियरलाई बोलाइयो ।
“ठेकेदारले यसको जिम्मा लिनु पर्छ । उसलाई प्रत्येक काम नक्सा र स्पेसिफिकेसन अनुसार गर्न भनिएको छ !” इन्जिनियर चोखो भए ।

ठेकेदारलाई ताकेता गरियो ।
“कन्सल्ट्यान्टले जे जे भने त्यहि त्यहि गर्यौँ । के जान्नु हामी, चर्किन्छ कि लड्छ !” ठेकेदार झर्किए ।

कन्सल्ट्यान्ट झिकाइयो ।
“विश्व मापदण्ड अनुसार डिजाइन गरिएको हो ! जापानमा त्यहि अनुसार गर्दा मजबुत हुने यहाँ चैं….! माटोकै कारणले हुनु पर्छ । माटोको परीक्षण प्रतिवेदन अनुसार गरेका हौँ हामीले !” कन्सल्ट्यान्टले प्रस्ट्याए ।

“ड्रिल गर्नेले दिएको तथ्याङ्क अनुसार रिपोर्ट तैयार गरिएको हो ।” माटो प्राविधिकले स्पष्टीकरण दिए ।

बुझ्दैजाँदा थाहा भयो, माटो परीक्षण गर्ने कम्पनिको चौकिदारले बोरिङ गर्ने पेटी कन्ट्र्याक्टमा काम लिएको रहेछ ।
चौकीदार बीरबहादुर केही दिनदेखि प्रहरी हिरासतमा छ ।
काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x