सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

विभाजित मान्छे

Nepal Telecom ad

(गाईजात्रा २०७२)

आशङ्का र अन्यौलको पानी दर्केर
विव्हल छ मान्छे,
कतै बन्द त कतै बन्दुकले
विभाजित छ मान्छे,
एउटा दुखद स्वप्नले
आक्रान्त छ मान्छे ।

बुझ्नै पाएको छुइन
म कहाँ छु ? किन छु ? कता जानु छ ?
म त एउटा आम नेपाली
मधेशमा जन्मेको हुर्केको
उता ऊ मेरो छिमेकी साथी
हिमालमा जन्मेको पहाडमा हुर्केको
तराईमा घरजम गरि बसेको,
हामीमा कुनै विभेद नै थिएन
ऊ मेरो भान्सामा आएर दहिचिउरा
मेरी आमा सँगसँगै बसी खाने
म उसको भान्सामा पुगी
बचेको जति नसोधी सिद्दयाउने
अर्थात् उसलाई म नभै नहुने
मलाई ऊ नभै नहुने
तर एक्कासी यो के भएको छ ?

जबदेखि समाजका गण्यमान्यहरूले
हामीलाई कुनै जानकारी नै नदिई
मेरो घर उसको कित्तामा
उसको धानखेत मेरो कित्तामा
कुनै सल्लाहै नगरी
नक्सा कायम गरी दिएको छ,
मेरो मुस्कानमा पनि उसले
कुटिलता हेर्छ,
पनि उसका हाउभाउ र छनकहरूमा
माछा मार्ने जाल हेर्छु ।

अन्यमनस्कताले थिचेको छ जिन्दगी
अनिश्चयको बादल मडारिरहेको छ,
हाम्रो छाया हामीलाई नै
लघारेर भागिरहेको छ,
भित्रैबाट उम्लेर मडारिंदै आएको पीडा
हामी दुवैको अनुहार भरी व्याप्त छ
सडक स्वाइयं सुसाइरहेको छ,
अनिच्छित पात्रहरू दोबाटोमा उभिरहेकाहरूलाई
अन्तरकलह निषेधित क्षेत्रको
बाटो देखाइ रहेका छन्,
अनिश्चितता
लुकामारी खेलिरहेको छ,
सियो जस्तै चिसो पसेको छ मनमा
नेपाली कालखण्डको यस कठिन घडीमा
आउ हामी सोझ्याएर आ आफ्नो व्यवहार
मेटाएर मनको ऐनामाथि लागेको
शंका उपशंकाको कालिमा
अङ्कमाल गरौं एक अर्कालाई ।
सँगै गरौं परिमार्जित
बन्दुकको
परिभाषा ।
विराटनगर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
पहिले जस्तो किन हुँदैन जोगिरा सरररर

पहिले जस्तो किन हुँदैन...

लक्ष्मण नेवटिया
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
होलीका ठट्यौली

होलीका ठट्यौली

लक्ष्मण नेवटिया
फेरि किन बदनाम हुन्छ कसिङ्गर ?

फेरि किन बदनाम हुन्छ...

लक्ष्मण नेवटिया
चार चोक्टा

चार चोक्टा

लक्ष्मण नेवटिया
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम