साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विभाजित मान्छे

Nepal Telecom ad

(गाईजात्रा २०७२)

आशङ्का र अन्यौलको पानी दर्केर
विव्हल छ मान्छे,
कतै बन्द त कतै बन्दुकले
विभाजित छ मान्छे,
एउटा दुखद स्वप्नले
आक्रान्त छ मान्छे ।

बुझ्नै पाएको छुइन
म कहाँ छु ? किन छु ? कता जानु छ ?
म त एउटा आम नेपाली
मधेशमा जन्मेको हुर्केको
उता ऊ मेरो छिमेकी साथी
हिमालमा जन्मेको पहाडमा हुर्केको
तराईमा घरजम गरि बसेको,
हामीमा कुनै विभेद नै थिएन
ऊ मेरो भान्सामा आएर दहिचिउरा
मेरी आमा सँगसँगै बसी खाने
म उसको भान्सामा पुगी
बचेको जति नसोधी सिद्दयाउने
अर्थात् उसलाई म नभै नहुने
मलाई ऊ नभै नहुने
तर एक्कासी यो के भएको छ ?

जबदेखि समाजका गण्यमान्यहरूले
हामीलाई कुनै जानकारी नै नदिई
मेरो घर उसको कित्तामा
उसको धानखेत मेरो कित्तामा
कुनै सल्लाहै नगरी
नक्सा कायम गरी दिएको छ,
मेरो मुस्कानमा पनि उसले
कुटिलता हेर्छ,
पनि उसका हाउभाउ र छनकहरूमा
माछा मार्ने जाल हेर्छु ।

अन्यमनस्कताले थिचेको छ जिन्दगी
अनिश्चयको बादल मडारिरहेको छ,
हाम्रो छाया हामीलाई नै
लघारेर भागिरहेको छ,
भित्रैबाट उम्लेर मडारिंदै आएको पीडा
हामी दुवैको अनुहार भरी व्याप्त छ
सडक स्वाइयं सुसाइरहेको छ,
अनिच्छित पात्रहरू दोबाटोमा उभिरहेकाहरूलाई
अन्तरकलह निषेधित क्षेत्रको
बाटो देखाइ रहेका छन्,
अनिश्चितता
लुकामारी खेलिरहेको छ,
सियो जस्तै चिसो पसेको छ मनमा
नेपाली कालखण्डको यस कठिन घडीमा
आउ हामी सोझ्याएर आ आफ्नो व्यवहार
मेटाएर मनको ऐनामाथि लागेको
शंका उपशंकाको कालिमा
अङ्कमाल गरौं एक अर्कालाई ।
सँगै गरौं परिमार्जित
बन्दुकको
परिभाषा ।
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x