साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र !!

Nepal Telecom ad

(गाईजात्रा २०७२)

स्वास्नी भन्छे के हो अर्थ, बुझाइदेउ न गणतन्त्र,
विस्तारै भन् अरुले सुन्लान् नेताहरूको यो मन्त्र ।

पैलापैला पञ्चतन्त्र थ्यो अलिपछि त्यै भो रणतन्त्र,
बर्ख दसेक्मा रूपान्तर भै प्रकट भयो यो गणतन्त्र ।

अमीरलाई भोगतन्त्र हो सक्दो भोग्छन् निरन्तर,
घूसखोरका निम्ति भने ता पैसा गन्ने गनतन्त्र ।

नेता भन्दछ गरीव सर्वहाराको हो गणतन्त्र,
कुर्सी भेटे भन्छ उही नै नआ यता अब जा अन्त ।

सोझा साझा निमुखालाई के हो के हो गणतन्त्र,
चुक्ली गर्ने धूर्तहरूलाई ता हो यो षड्यन्त्र ।

यस्का धेरै अर्थहरू छन् अनेक अर्थी छ यो जन्त्र,
नेता राजा हुन्छन् त्यसपछि जनता बन्छन् परतन्त्र ।

ढिंडो भेट्दैनन् दुनियाँले नेता वाक्क छ नुनियाँले,
सोही कारणले नै हो यो एक नम्बरी गणतन्त्र ।

मानिसहरूको अकाल मृत्यु गराइ पुग्नू सत्तामा,
जातीयताको जाल बिछाउनुलाई भन्छन् गणतन्त्र ।

चोक्टालाम्टा पारी देश, स्याल गिद्धको वृत्ति लिई,
आफ्नो आफ्नो भाग लगाउनुलाई भन्छन् गणतन्त्र ।

मूर्खहरू सब माथि जान्छन् बुज्रुग झर्छन् अझै तल,
भाषणको त्यो भाँङ खुवाउनुलाई भन्छन् गणतन्त्र ।

साँडे अघिअघि पछिपछि स्याल काढ्दै हिंड्दछ र्याल सधैं,
आस आसमा मर्दछ बिचरा, बास्तब यै हो गणतन्त्र ।

बाबू बाजे उहिल्यै भन्थे भारतलाई परदेश,
अहिले देशैभरि परदेश भयो यही हो गणतन्त्र ।

यस्ता फुस्रा नेतालाई किन व्यर्थैमा भोट दिनु ?
हामीजस्ता गरीवहरूले भोट न दे के नोट दिनु ?
सुरूङ्गा, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x