साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाईजात्रा

Nepal Telecom ad

(गाईजात्रा २०७२)

गाईजात्रा प्रतिदिन जसो हुन्छ नेपाल भित्र
नेता जम्मै कलुषित भयौ छैन बाटो पवित्र
प्यारो हाम्रो जनपद कठै ! भैसक्यो आज खोक्रो
पार्छौ होला पछिपछि अझै मात्र निस्सार बोक्रो ।।१।।

मारामारी प्रखर हुन गो छैन याँ शान्ति कैले
पाखा लागे कुशल प्रतिभा देख्न पाइन्न ऐले
जाली झेली झुटमुट सबै पुग्न थाले चुलीमा
सोझासोझी सकस सहँदै मिल्न लागे धुलीमा ।।२।।

कैले तिम्रै विष वमनले हुन्छ यो देश बन्द
कैले तिम्रै गृहकलहले पार्छ सर्वत्र गन्ध
बिर्स्यौ क्यारे कसम अघिका रोज गर्छौ कुकर्म
छाडा लाग्यौ घरिघरि तिमी सोच्न थाल्यौ अधर्म ।।३।।

ल्याऊ आजै सुमति अबता फाल दुर्गन्ध काती
माया गर्दै सकल जनमा राख सद्भाव जाती
बिन्ती यस्ता छल कपटका सोच कैल्यै नल्याऊ
आफ्ना सारा मन वचन ती देशप्रेमी बनाऊ ।।४।।
पुरानो नैकाप, काठमाडौँ
हाल–न्युयोर्क, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x