साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गजल प्रशिक्षणमा अनाममण्डली

Nepal Telecom ad

अनाममण्डली र एम्बिसन एकेडेमीको संयुक्त आयोजनामा यही भाद्र १२ गते शनिबारका दिन एम्बिसन एकेडेमी मध्य वानेश्वरमा उपत्यकाव्यापी उच्च माध्यमिक स्तरीय गजल लेखन तथा वाचन प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो ।

१५० औं मोती जयन्तीको अवसर पारेर भाद्र महिनाभर विभिन्न कार्यक्रम गर्दै सबै उमेर समूहमा मोतीरामलाई पु¥याउने उद्देश्यका साथ सक्रिय अनाममण्डलीले यो हप्ता उच्च माविका विद्यार्थीमा गजलको जानकारी गराउने उद्देश्यले यो कार्यक्रमको आयोजना भएको जानकारी संस्थाका अध्यक्ष बलराम दाहालले दिनुभयो ।

काठमाडौं उपत्यकाका विभिन्न उमाविका पाँच दर्जनभन्दा बढी विद्यार्थीहरूको उपस्थिति रहेको यस कार्यक्रममा युवा पुस्ताले उत्साहजनक रुपमा प्रशिक्षण लिएको कुरा एम्बिसन एकेडेमीका निर्देशक देवी प्रसाद घिमिरेले बताउनुभयो । अनाममण्डलीले विद्यालय स्तरीय गजल प्रशिक्षण कार्यक्रम समापन गरिसकेको र अब उच्च माविका विद्यार्थी हुँदै क्याम्पस स्तरसम्म र क्रमशः सबै उमेर समूहसम्म गजललाई पु¥याउने कुरा प्रमुख प्रशिक्षक कवि एवम् गजलकार देवी नेपालले जनाउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्य तथा सरोज घिमिरेको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा प्रभाती किरण, ज्ञानु विद्रोही, जय गौडेल, शैलेन्द्र अधिकारी, नारायण निराशी आदिले पनि प्रशिक्षण दिएका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x