साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेमौसमको झरी

Nepal Telecom ad

मकै छर्नु थियो
बादल गर्दैन
धान रोप्नु थियो
पानी पर्दैन
तोरी काट्ने बेलामा
गड्याङ गुडुङ गर्छ
धान काटी भित्राउने बेला
मुसलधारे झर्छ
मसुरो पाक्ने बेला
असिना पो पर्छ
यो बेमौसमको झरी
गर्नुसम्म गर्छ ।

बाहिर जाने बेलामा
ह्वार्र आउँछ
साथीको बर्थ डे जान नपाई
छोरो कड्क्या छ
तरकारी किन्न गाकी बुढी
बिच बाटोमै अड्क्या छ
आफ्नो पनि जरुरी काम थियो
यो झरीले गर्दा
मन भट्क्या छ भट्क्या छ
यो बेमौसम झरी कस्तो कस्तो
निरुङ्कुशले कर्फ्यू लगाको जस्तो ।

बर्षातमा परे छाता बोकिन्थ्यो
के रेन कोट ठोकिन्थ्यो
चिटिक्क परेर गयो
फर्किदा भिजेको मुसा जस्तो
निथ्रुक्क भिजेर
रौँ पनि ठाडो ठाडो
सिरुको टुसा जस्तो ।

शिरदेखि पाउसम्म
चुत्रुक्क भिजाउँछ
भिजेपछि
तपाईंलाई पनि थाहै होला
कसरी कहाँ कहाँ बिजाउँछ ।

यो बेमौसमको के के बिगार्छ बिगार्छ
जाडोमा घाम बिगार्छ
खल्तीको दाम बिगार्छ
मजदुरको काम बिगार्छ
गोजीको खाम बिगार्छ
अरुलाई बिगारे पनि
जँड्याहलाई सधैं
साइत पर्याछ
खान मन लाग्यो कि भन्छ
बुढी नखाउँ भनेको
आज त मौसमले पनि
साँच्चै च्यालेन्ज गर्या छ ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x