साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सीता खाई….

Nepal Telecom ad

सीता खाई पराइको, गीता गाउन थाल्यौैँ ।
आफ्नो फाली अर्कैसँग, प्रीत लाउन थाल्यौँ ।।

शिर आज खुइलिएर, चिण्डे भयो तालु ।
यो बस्तीमा कुद्न थाल्यो, विदेशको भालु ।।
नाक काट्दा परबाट, ताली पाउन थाल्यौँ ।
आफ्नो फाली अर्कैसँग, प्रीत लाउन थाल्यौँ ।।

धुरी बाली आगो ताप्ने, भयो हाम्रो काइदा ।
दाजुभाइ मारामारी, अर्कैलाई फाइदा ।।

अनुहारमा दाग लाग्दा, स्याबास पाउन थाल्यौँ ।
आफ्नो फाली अर्कैसँग, प्रीत लाउन थाल्यौँ ।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x