साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसुर

Nepal Telecom ad

धनबहादुर सधैं मागेर खान्थ्यो, सडकको पेटीमा सुत्थ्यो । कसैले दया गरेर पैसा दिएको दिन पेटभरि खान्थ्यो, आफूलाई संसारकै भाग्यमानी ठान्थ्यो । दिन निर्दयी भएमा भोकै सुत्थ्यो, आफ्नो कर्मलाई धिक्काथ्र्यो ।

त्यही पेटीसँगै जोडिएको सिसाको एउटा सानो कोठा थियो । त्यहाँ एउटा दानी मेसिन थियो । हेर्दै खाइलाग्दा मान्छेहरू त्यो कोठाभित्र पस्थे, एउटा कार्ड घुसार्थे, केके टाइप गरेझैं गर्थे अनि पैसा थापेर जान्थे । त्यो मेसिनले हजार हजारका कटकटाउँदा नोटहरू दिन्थ्यो ।

धनबहादुरलाई त्यो दानी मेसिनसँग पैसा माग्ने विचार आयो । धनीलाई दान गर्ने मेसिनले गरिबलाई कसो दान नगर्ला ?

एक दिन ऊ सिसाको ढोका खोलेर बिस्तारै भित्र पस्यो । एकछिन दङ्ग परेर मेसिनलाई हेर्यो । यता थाप्यो, उता थाप्यो तर मेसिनले पैसा दिएन ।

नमस्कार गरे मेसिनले देला कि भनेर उसले मेसिनलाई नमस्कार ग¥यो । पैसा दिएन । बिन्तिभाउका साथ ढोग्यो । तर मेसिनले एक पैसा पनि दिएन ।

‘धनीलाई रातदिन पैसाको बिटो दिने, म गरिबलाई हेपेर एक पैसा नदिने ?’ धनबहादुरले मेसिनलाई एक लात हान्यो ।

अहिले धनबहादुर बैंकिङ कसुरको अभियोगमा जेलमा छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x