साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाजे

Nepal Telecom ad

‘आगो ताप्नु मूढाको कुरा सन्नु बूढाको’ भने पनि आजको जमानामा बाजेका पालाको कुरा गरेर होला र ? २१औं शताब्दीमा बाजेहरू बगे्रल्ती छन्, तर बाजेको काम छैन । पंक्तिकार पनि बाजेकै परिधिमा पर्छ, त्यसैले सिंगो बाजेको बारेमा यथार्थ उदाङ्ग पार्नु सान्दर्भिक नै होला कि !

बाजेको बारेमा अधिकाधिक ज्ञानार्जन गर्न हामीलाई यो समाज छोडेर अर्काे समाजमा भौँतारिनु पर्दैन । मठ, मन्दिर, टोल, छिमेकमा बाजेको बस्ती हुनसक्छ, यससम्बन्धी कार्यमा तनमन धन खर्च गरेर दुई किसिमका बाजेसँग मैले साक्षात्कार गर्न पाएँ । ती हुन् एउटा बूढो बाजे र अर्काे बाहुन बाजे ।

बाहुन बाजे हुन जति सजिलो छ बूढो बाजे हुन त्यति सजिलो छैन । खाँट्टी बाहुन हो भने जन्मिनेबित्तिकै बाजे कहलाउँछ । तर अन्य जाति बूढो बाजे हुनलाई आफ्नो कूल उमेरको कम्तीमा ६०, ६५ वर्ष पार गरेकै हुनु पर्छ । कि चाहिँ पलासको फूलझैँ सेतै फूलेको केशराशि, चाउरे चेहेरा, सक्कल हेर्दा बूढो भन्न लायक छ भने पनि बाजेमा दरिन सकिन्छ । अन्य अवस्थामा बाजे हुन कसैको बुताले भ्याउँदैन । ससुरालाई पनि ‘बाजे’ भनिने प्रथालाई पनि यस प्रसङ्गमा सम्झिनै पर्ला, नसम्झे पनि फरक पर्दैन । यो बुता भन्दा बाहिरको कुरा हो ।

उहिले हिन्दु धर्मावलम्बी बाजेको पालामा धर्म स्फीति भएको थिएन । त्यसैले जन्मे पनि बाहुन बाजे मरे पनि बाहुन बाजे, दुःख पाए सङ्कट परे पनि ‘लौन बाहुन बाजे’ भन्थे हेरकोर, ग्रह शान्ति आदि गर्दा सर्वत्र चहार्दा आजभोलीका एम. बि. बि. एस. डाक्टरको भन्दा अधिक आय आर्जन हुन्थ्यो र त ऊ वेलामा बाहुन बाजे मात्तिन्थे पात्तिन्थे र भन्थे बाजेलाई थुक्नु, निन्दा गर्नु, मुक्याउनु, झुक्याउनु, लत्याउनु, साथै कुजातले पकाएको भत्याउनु (भात खुवाउनु ) हुँदैन भन्थे तर आज धर्म, कर्मबाट सबैले हात धुन थाले सबै किसिमका कुकर्म गर्ने सबैलाई छुट छ । बाहुन बाजेकै खुट्टामा पनि डिङ्गो जुुत्ता, खाँट्टी लेदरको जकेट छ, सुट छ, सर्वत्र कुकर्म छ, सबैमा ब्रह्मलुट छ । त्यसैले आजभोलि सोह्र श्राद्धमा बाहुन बाजे बेरोजगार भएर हिंउदका गोरुझैं पार्टीको पाटी बोकेर नार थाप्दै चोक चोकमा डुक्रिँदै एक अर्काेमा टुक्रिँदै रल्लिँदै, हल्लिँदै दिन बिताउन अभ्यस्त छन् । यसैमा आजका बाजेहरू गर्वायमान हुन्छन् ।

बाजेमात्र होइन बज्यै पनि मुख छँदा छँदै नाकले पानी खानु पूर्वीय संस्कारमा अनौठो मानिन्छ । बाजे दुई किसिमका भए जस्तै बज्यै पनि दुई किसिमका हुन्छन् । बाहुनी बज्यै र बूढी बज्यै । बाहुनी बज्यै बाहुन बाजे जस्तो जन्मेको दुई वर्षमै बज्यै हुन सक्दिनन् । बाहुनी बज्यै हुनलाई कम्तीमा एउटा बाहुन बाजेसँग दाम्पत्य सम्बन्ध गाँसिएको हुनुपर्छ । बूढी बज्यैको योग्यता भनेको बूढो बाजेको जस्तै कम्तीमा नेपालीको सरदर आयु पार गरेको हुनुपर्छ । गोडा दुएक दाँत झरेको र कपाल फुलेको भए बूढी बज्यै झनै सुनमा सुगन्ध हुन्छिन् ।

बाजेका बावुलाई बराजु भनिन्छ । बराजु बाहुन बाजे वा बूढो बाजे दुवैतर्फका पूर्वपूरुष वा पूर्खालाई भनिन्छ । बराजुको श्रीमतीलाई बज्यू भनिन्छ । नेपालमा बराजु हुने गरेर सुनसरीका वीरनारायण माझी (१४० वर्ष) बाचेका थिए भने वीरनारायणको हाराहारीमा बाँच्ने बज्यू भने देखा परेका छैनन् । यी सबै हुने, गराउने समयको चक्र हो । म बाहुन बाजे भएर आदरणीय पाठकवृन्दलाई के सुझाव, सल्लाह र आशीर्वाद दिउँ । समयको चक्रमा कहिले दूध विषाक्त हुन्छ त कहिले तोरीको तेल, कहिले पानी त कहिले राजनीतिक समीकरण नै विषाक्त भएर देशै उथल पुथल हुन्छ । त्यस्तै कहिले जवानी विषाक्त हुन्छ, त कहिले बाजे बज्यू नै विषाक्त भएर समाजमा देखापर्छन् । यस्ता विकृति, विसङ्गतिलाई नमस्कार होइन हामीले सधैँ तिरस्कार गर्न चुक्नु मनासिब हुँदैन नि ।
पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x