साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिहासमाला– १

Nepal Telecom ad

हल्यो हल्यो हल्यो, जति हल्ले पनि उहीं नै थलियो
गजब छ भाग्य भनेको, नेपालीको पुर्पुरै बलियो ।

देखे राम्री केटी, पछि पछि लागी घरैसम्म आए
परिछन् तेस्रो लिङ्गी, यसपछि त अमीलो मुख पो लाए ।

छोला मैयाँ भन्दै, पर अझ पर बसेका ब्रह्मचारी
ध्यान गरेका भन्दै, उर हेर्थे चिम्से आँखा पारी ।

शिष्टै शिष्ट यहाँ छन्, उनले गरे शिष्टाचार हुन्छ
भ्रष्ट यहाँ खै छैनन्, त अनि कसरी भ्रष्टाचार हुन्छ ।

पाँचै महिनाभित्रै, बढी फली पाक्छ बोटमा धान
हाम्रा नेता कस्ता, सात वर्ष पनि फलेन संविधान ।

रातभरी म्यारेजै, खेलेर बिहान जाँच दिन आए
परिचयपत्र भनेको, जोकर जेबको झिकी तेर्स्याए ।

कुरमा माछा देखे, हत्तपत्त समाउन हात हालेँ
परेछ सिङ्गे माछो, जब घोच्यो हन्हन जरो निकाले ।

फोहरदानमा सँगै, रुँदै थिए दुई फूलका माला
सय अनि बीस किलोका, भने क्या भ्रष्टका चुम्यौँ गाला ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x