साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँदरका हातमा नरिवल

Nepal Telecom ad

नरिवल त आखिर नरिवल नै हो, चाहे त्यो बाँदरका हातमा होस् चाहे मान्छेका हातमा ! बाँदरका हातबाट फुत्त मान्छेका हातमा सर्ने बित्तिकै अनार बन्ने भए कुरा बेग्लै थियो । त्यसो त भैहाल्दैन । झन् मान्छेका हातमा भन्दा बाँदरका हातमा त्यो सुरक्षित रहन्छ । किनभने बाँदरले जति नङ्ग्याए पनि खाने ठाउँ पत्ता लगाउन सक्दैन । मान्छेले भने भेट्नासाथ खाइहाल्छ । कति असुरक्षित छ मान्छेका हातमा नरिवल ! त्यसैले त भनेका होलान् बुढाहरूले बाँदरका हातमा नरिवल । नत्र त मान्छेका हातमा नरिवल भन्थे होला ।
बाँदरका हातमा नरिवल भन्नु र नेताका हातमा सत्ता भन्नु कुरा एउटै हो । बाँदरले नरिवल नङ्ग्याएभन्दा बढ्ता नेताहरूले देश नङ्ग्याए तर खाइहाल्न भने सकेका छैनन् । राजाले खान थाल्यो भनेर हात लिएको देश स्यालले कुखुरो भुत्ल्याए झैं भुत्ल्याई सक्दा पनि अझै चित्त बुझेको छैन यिनीहरूलाई । राजाले बरु नरिवल भित्रको पानी मात्र खाएको थियो । यिनीहरूले त गुदी नै खान थालिसके । हैन साँच्चिकै बाँदर भएको भए त नरिवल कोट्याउन पनि नसक्नु पर्ने हो कतै नक्कली बाँदर त हैनन् ? लौ नै अब यिनीहरूलाई नरिवल दिएर सत्तामा बाँदरलाई पठाउनु पर्यो । कम से कम देश त जोगिन्थ्यो ।
बाँदरलाई सत्ता सुम्पने हो भने नेपालको धन हरियो वन त जोगिने थियो । बाँदरले आफ्नो घर नबनाएर कत्रो ठुलो त्याग गरेको छ ! मान्छेले सक्छ ? जङ्गलमै बसेर बाँदरलाई निर्वाह हुने, मान्छेलाई भने बाँदर उफ्रेर पनि पुग्न नसक्ने घर चाहिने ! अरु नसके पनि वन मन्त्रालय त बाँदरलाई नै दिनु पर्छ, नत्र वन कसरी जोगिन्छ ? अनि बाँदरको सहभागिताबिना समावेशी सरकार कसरी बन्छ ?
हालै तपाइँले एउटा तात्तातो समाचार सुन्नु भएको होला । मैले त सुनेको हुँ । बाँदरहरूले वन मन्त्रालय चहियो भनेर आन्दोलन गरेछन्् । हाम्रो वन सुरक्षित हुनु पर्या् भन्ने जाहेज माग पनि यो बहिरो सरकारले सुनेनछ । वन मन्त्रीकै राजीनामाको माग उठाएर पशुपतिमा धर्ना बसेछन् । यो सरकारले वन जोगाउन सकेन, हामी पहल गर्छौ, वन मन्त्रालय चाहियो भनेर एयरपोट घेराउ गर्ने कार्यक्रम समेत राखेछन् । कोही कोही त हवाइजहाजका पखेटामा झुण्डिएर समेत आन्दोलन गरेछन् । लाठीचार्जले मात्र नपुगेर गोली हान्नेसम्मको आदेश यो सरकारले दिएछ । बाँदरको जत्तिको पनि बुद्धि नहुनेले के सत्ता चलाउनु ? खुरुक्क बाँदरलाई सुम्पे हुन्छ कसैले केही भन्दैन । होइन भने हामी नै बाँदर हौं भन्ने घोषणा गरे हाम्रो चित्त बुझ्छ । पीर नरिवलको हो । नरिवल बाँदरकै हातमा हुनुपर्छ, मान्छेका हातमा पर्यो भने सिद्धिन पनि बेर लाग्दैन । राजाका हातबाट फुत्त नेताका हातमा सत्ता आउने वित्तिकै नरिवल अनार हुन्छ भन्ने भ्रम रहेछ । आखिर नरिवल बाँदरकै हातमा रहँदा ठीक, मान्छेका हातमा भन्दा ! हैन र ?
बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x