साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा र सिर्जना सम्मानित

Nepal Telecom ad

काठमाडौं, कात्तिक ९ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले २०७१ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिलाई प्रदान गर्ने पद्मश्री साहित्य सम्मान यसपटक ‘लाटो पहाड’ कथा सङ्ग्रहको लागि उपेन्द्र सुब्बा र ‘मान्ठा डराएको जुग’ संस्मरणको लागि मोहन मैनालीलाई संयुक्त रुपमा प्रदान गरेको छ ।

पूर्वी पहाड विशेष गरि लिम्बुवान संस्कृतिलाई आधार बनाएर लेखिएको लाटो पहाडले नेपाली संस्कृति, आन्चलिकता तथा साहित्यमा सत्य कथनलाई प्रतीकात्मक रुपमा स्वच्छन्द एवम् प्रयोग बहुल ढङ्गले प्रस्तुत गरेकोमा यो पुरस्कार प्रदान गरिएको बताइएको छ ।

त्यस्तै धादिङ, संखुवासभा तथा कर्णाली अञ्चलमा माओवादी द्वन्द्वकालमा त्यहाँका निर्दोष जनता दोहोरो चेपुवामा परेको कारुणिक यथार्थलाई अत्यन्तै मार्मिक ढङ्गबाट स्थलगत अध्ययन मार्फत उजागर गरिएकोले ‘मान्ठा डराएको जुग’लाई यो पुरस्कारको लागि छनोट गरिएको बताइएको छ ।
२०६३ सालदेखि उत्कृष्ट साहित्यिक कृतिलाई प्रदान गरिने पद्मश्री साहित्य सम्मानको राशि संयुक्त रूपमा दुई लाख नगद र प्रशंशापत्र रहेको छ । त्यस्तै साहित्य, कला र संस्कृतिको क्षेत्रमा दीर्घकालिन योगदान पुराउने साधकलाई २०६७ सालदेखि प्रदान गरिदैं आएको पद्मश्री साधना सम्मान यसपटक चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई प्रदान गरिएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x