साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पारिवारिक पुरस्कार माहात्म्य

Nepal Telecom ad

पुरस्कार पनि रङ्ग रङ्गका र ताल तालका हुन्छन् भन्ने कुरा कसलाई थाहा छैन र ! कुनै पुरस्कार हल्लाको भरमा हल्ला गरेर दिइन्छ भने त्यस पुरस्कारलाई हल्ला पुरस्कारको रूपमा सहजै अनुमान गर्न सकिन्छ । कुनै पुरस्कार सल्लाहको भरमा सल्लाह गरेर दिइन्छ भने त्यस पुरस्कारलाई सल्लाह पुरस्कार हो भनेर जान्न कुनै मुस्किल काम हुदैन । कुनै पुरस्कार माउहरू सबैलाई उछिनेर एक्कासि चल्लाहरूलाई दिइन्छ भने त्यो चल्ला पुरस्कार हो भनेर थाहा पाउन कुनै पनि बार कुर्नुपर्दैन । कुनै पुरस्कार त बाटोघाटोमा यस्ता पनि भेटिन्छन् जसको कुनै आधारै हुदैन र पुरस्कारदाता कुनै पनि बेला सन्किएको भरमा कसले कहा त्यस पुरस्कारलाई कतिखेर प्राप्त गर्दछ थाहा नै हुदैन । यस्ता पुरस्कारहरू झल्ला पुरस्कारको रूपमा संसारभरि विख्यात नै छन् ।
सबैलाई थाहा नै छ कि कुनै पुरस्कार सेता हुन्छन् र ती प्रायः त्यस्ता मान्छेले पाउछन् जो जिन्दगीभरि कालोधन्दाको लागि सक्रिय हुन्छन् । कुनै पुरस्कार काला पनि छन् जो दिनको उज्यालोमा नै नगदको डरलाग्दो आकर्षा राखेर सेता काम गरेकाहरूलाई रातारात दिएर बद्नाम गरिन्छ ।
ताल तालका र रङ्ग रङ्गका धेरै प्रकारका पुरस्कारहरू मध्ये म यहा यस्तो पुरस्कारका बारेमा बताउदैछु जसलाई नाममा पनि र काममा पनि एकदमै अनौठो जातको भनेर चिनिन्छ । आजभोलि निकै नै चर्चामा रहेको त्यो पुरस्कारको नाम हो पारिवारिक पुरस्कार’ । यस पुरस्कारलाई जो कोहीले कम आँक्ने हत्तपत्त साहस नै गर्दैन । यो पुरस्कार एकदमै अनौठो जातको छ, अरूभन्दा धेरै फरक प्रकृतिको । न जोगीले भीख मागेको भरमा प्राप्त गर्छ यस पुरस्कारलाई न भोगीको कुनै भोगाइ नै यस पुरस्कार पाउने र्सत कहिल्यै बन्छ । यो पुरस्कार त्यस्ताले मात्र पाउन सक्छ जसले पुरस्कार दिने परिवारको जय जयकार गरेर आफ्नो प्रष्ट जात के हो भन्ने कुरा देखाउछ ।
पारिवारिक पुरस्कार प्राप्त गर्ने सबैभन्दा ठूलो र्सत के हुन्छ भने पुरस्कार बाड्ने त्यस परिवारभित्र दु्रतगतिमा प्रवेश गर्नलाई सदस्यता लिनपर्ने नियम छ र त्यसको लागि टिकट काटेर कहिले आफ्नो पालो आउला भनेर कुरेकै हुर्नुपर्दछ । यस पारिवारिक पुरस्कारका मुख्य विशेषताहरूमध्ये पनि प्रमुख विशेषता के हो भने परिवारभन्दा बाहिरकालाई न कहिल्यै यो पुरस्कार दिइएको इतिहास छ न कहिल्यै दिने संभावना नै देखिन्छ । नामअनुसार यो पुरस्कार सधै नै गौरवान्वित हुदै मस्त भेटिन्छ । नामलाई र्सार्थक पार्न यो पुरस्कार एकदमै खटिएको देखिन्छ ।
एकदिन, अपवादका रूपमा परिवारभन्दा बाहिरकालाई पनि एकपल्ट यो पुरस्कार दिएर हेर्ने हो कि त भनेर त्यहाँ एक्कासि चर्चा चल्यो । झुक्केर चलेको त्यस चर्चाले \’जर्ज अरवेल\’ को \’एनिमल फार्म\’ मा भन्दा पनि कयौं गुणा बढी त्यहा खैलाबैला मच्चायो । सदस्यहरूमाझमा नै मनमुटावको स्थिति देखापरेको हुनाले तत्कालै पारिवारिक पुरस्कार बाड्ने संस्थाको अध्यक्षले नै पर्वत अवस्थाका लागि पुरस्कार लिने घोषणा गरेको धेरै दिनसम्म चर्चाको विषय बनेको थियो । ल अब तपाई नै भन्नुहोस् त, कति खतरनाक रहेछ त यो पारिवारिक पुरस्कार ? बाहिरका लाई दिने कुरामा त यत्रो कोकोहोलो हुन्छ भने झन् बाहिरका ले नै उक्त पुरस्कार पाउने हो भने अझ कस्तो हल्लाखल्ला हुन्छ होला त्यहा“, सहजै अनुमान गर्न सकिन्छ ज!
पारिवारिक पुरस्कारलाई लिएर पारिवारिक सदस्यहरू यस्तो कुरामा एकदमै सचेत छन् । उनीहरूलाई लाग्छ, परिवारभित्रै पालो कुरेर बस्नेहरू अझै पनि लामबद्ध नै छन्, कहा यो लामलाई छोडेर बाहिर जाने ? यस्तो नचाहिने कुरा उठाउनेलाई कारबाई गर्नुपर्दछ । संस्थामा बसेर बाहिरको कुरा सोच्ने ? के सम्बन्ध छ उसको बाहिरसग ? सदस्यहरू रिसले आगो हुन्छन् । आखिरमा सदस्यहरूले खोजेको कुरा नै त्यहा लागु हुन्छ किनकि सक्रियतापुर्वक उनीहरू पनि यसपल्ट मालिकहरूबाट पुरस्कार खसिहाल्छ कि भनेर त्यस लाममा नै लामबद्ध हुन छोडेका हुदैनन् ।
पारिवारिक पुरस्कारको सबैभन्दा महान विशेषता भनेकै कुनै पनि लाज/सरमलाई पचाएर अत्यन्तै उदारता परदर्शन गर्दै आफ्नै पुरस्कार आफ्नो नगरेर लिन सकिन्छ भनेर सारा संसारलाई विशिष्ट उदाहरण देखाउन सक्नु पनि हो । पारिवारिक पुरस्कार मैले लिए है भनेर मालिकहरूमा पनि ठूलो मालिकले आफ्नो हस्ताक्षर गरेर सदस्यहरूका माझमा र्सगर्व घोषणा गर्दा कुनचाहि सदस्य गौरवान्वित भएन र ? वास्तवमा केही दिनपछि पुरस्कार लिएको त्यो क्षणलाई संस्थाका सदस्यहरूले अमृत जसरी घटघटी पिएको दृश्य हेर्नु अरूका लागि पनि कम रमाइलो थिएन । आफ्नै पुरस्कार आफ्नो लिएर विश्वरेर्कर्ड राख्न सकेकोमा मालिकलाई दासहरूले बधाई दिने क्रम रोकिएको छैन । एउटा दास गर्वितहुदै भन्छ, \’संस्थाले प्राप्त गरेका आजसम्मका महान उपलब्धिहरूमध्ये पनि ठूलो उपलब्धिको रूपमा मालिकले पुरस्कार ग्रहण गर्नुभएको उक्त घटनालाई लिइएको छ र संस्थाको इतिहासमा त्यस अदभुत घटनालाई अब सुनौलो अक्षरले लेखिन्छ ।
पारिवारिक पुरस्कारको अर्को ठूलो विशेषता भनेको कतै पनि नभएको नियम परिवारका लागि लागू गरेर प्रथम हुने कोशिशका रूपमा प्रमाणित गर्नु पनि हो । उक्त पुरस्कारको हिजोदेखिको इतिहास हर्ेर्ने हो भने कहिल्यै पनि सल्लाह दिनै नसक्ने हैसियत भएका संस्थाद्वारा घोषित वरिष्ठ सल्लाहकारहरूलाई पुरस्कार दिएर पुरस्कारको महत्ता बढाएको देखिन्छ भने कहिले नाममा भूतपूर्व भए पनि काममा अध्यक्षझैं देखिने र उमेरले नेटो काटिसके पनि अझै संस्थामा चर्को हस्तक्षेप गर्नसक्ने हैसियत भएका भनेर कपाल फुलिसकेको यथार्थलाई मूल्याङ्कनको आधार मान्दै पुरस्कार र्सगर्व प्रदान गर्ने क्रम भेटिन्छ ।
कहिलेकाही त मालिकका ठाडा आदेशहरूलाई पनि कर्तव्यनिष्ठरूपमा सधै एकनासले पालना गरिरहेका दासहरूलाई पनि यो पारिवारिक पुरस्कार प्राप्त हुन्छ । दासले पुरस्कार प्राप्त गरेपछि यस कुरामा जीवनभरि अत्यन्तै गर्व गर्दथ्यो कि धन्न मालिकहरूले यसपल्ट भने पुरस्कार लिएनन्, नत्र फेरि कहिलेसम्म पालो कुर्नुपर्दथ्यो त्यस पुरस्कारका लागिर ? कहिलेकाही“ त मालिकहरूभन्दा तल्लो पदमा काम गर्नेहरूले पनि सो पारिवारिक पुरस्कारको स्वाद कस्तो हुन्छ भनेर चाख्न पाउथे र त्यस पुरस्कारका कारण आफ्नो जीवन र्सार्थक भएकोमा आफैलाइ मुरी मुरी बधाई दिन चुक्दैनथे ।
कहिले त पारिवारिक पुरस्कार त्यस्ताले पनि प्राप्त गर्दथ्यो जो कार्यसमितिका सदस्यहरूमध्येमा पनि वरिष्ठ हुन्थ्यो । संस्थाको सदस्यहरूमा वरिष्ठ भए पनि आजसम्म आफ्नो कुनै दृष्टिकोण नै विकास गर्न नसकेको भनेर बेला बेलामा परिवारवृत्तभन्दा बाहिरको वृत्तमा आलोचनाको केन्द्र पनि हुन्थे त्यस्ता पात्र । पारिवारिक पुरस्कारको हकमा भने संस्थाप्रति अत्यन्तै भक्तिभाव पुर्रदर्शन गर्नमा कोहीभन्दा कम नभएको योगदानको मूल्याङ्कन गरेर ठूला भक्तका रूपमा सो पुरस्कार दिइन्थ्यो कार्यसमितिका वरिष्ठ सदस्यहरूलाई । वरिष्ठ सदस्यहरू अरूले नपाएर आफूले पाएकोमा जीवनभरि गर्वबोध गर्दथे ।
भौतिकरूपमा उन्नति गरेका तर बौद्धिकरूपले पतनहुदै गएका संस्थाको सदस्यहरूका लागि यो पारिवारिक पुरस्कार ठूलो आकर्षाको केन्द्र हुन्थ्यो । यस्तो अनौठो पुरस्कार दिने संस्था भनेर अन्तर्रदेखि शुभकामनाका सन्देशहरू आउने क्रम जारी नै रहेको देखिन्थ्यो । प्रतिभा र क्षमताले ठगिएका अनि सिर्जनात्मकशून्य मस्तिष्क बोकेकाहरूलाई पनि यो पारिवारिक पुरस्कार दिने संस्थाले सहारा दिएर ठूलो पुण्यको काम गरेको थियो भन्दा कुन सदस्यको छाती चौडा हुन्थेन र ? केही लेख्नुपर्दा प्रतिभाले साथ नदिएको भए पनि ठसठस कनेर लेख्नुपर्ने बाध्यता, केही बोल्नुपर्दा सदस्यहरूमा कुनै कला नभएको कारणले कण्ठस्थ बनाएको कुरा पनि कर्कश स्वरमा बलजफती ओकल्नुपर्ने विवशता आदि विशेषताहरूले भरिएको पारिवारिक पुरस्कार समितिलाई अरूभन्दा एकदमै फरक ढङ्गले हेर्ने गरिन्थ्यो समाजमा र यो नै पारिवारिक पुरस्कार समितिले प्राप्त गरेको अलग प्रकारको पहिचान पनि थियो ।
यी र यस्ता विशेषताहरूले गर्दा पारिवारिक पुरस्कार समिति र सो पुरस्कार प्रदान गर्ने संस्थालाई गरिमामयमात्र बनाएको थिएन कि प्रचण्डको भाषालाई एकछिन सापटी मागेर भन्ने हो भने पुरस्कार दिने र लिने प्रक्रियाले अन्तर्रराष्टिय रूपमा नै महान छलाङ मार्नसकेको देखिन्थ्यो । पारिवारिक पुरस्कार दिने पनि र लिने पनि एक्कासि अन्तर्रराष्ट्रमा चर्चित भैहाल्थे जसको कारण र्सवशक्तिमान भएर पारिवारिक पुरस्कार प्राप्त नगरेकाहरूलाई प्राप्त गरेकाहरूले त्यति गन्दैनथे ।
समकालीन साहित्य डटकमबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x