साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिल्लीको हिजडा

Nepal Telecom ad

दिनभरि आन्दोलनमा गरेको दौडधुपले लखतरान भएको रामरतन झा घरमा पस्नासाथ खुइय्य गर्यो अनि गएर थ्याच्छ खटियामा बस्यो बाबु रामाआषिस झाका छेउमा ।

छोराको थकित अवस्था थाहा पाएको बाबु रामाशिषले मयालु स्वर बनाउँनुको सट्टामा अलि रुखो स्वरमा सोध्या– “रे ! बुआ, आज त खुब थाकेर आइस् जस्तो छ नि ।”

“आजले के थकाउँथ्यो र बापु, मलाई त कल (भोलि) ले पो थकायो त ?”
“हँ ! के भन्छ यो ? सबलाई आजले थकाउँछ अनि तँलाइ चैं कसरी कल (भोलि) ले थकायो नि ?”
“कहिले टुङ्गिएला यो आन्दोलन भनेर नि बापु ? आन्दोलन थालेको पनि यतिका दिन भै सक्यो न पहाडिया खस शासकले टेर्ने छाँट देखाए, न सोचे जसरी छिमेकीको साथनै पाउँने भैयो अनि हुँइदैन त थकित ?“– रामरतनले दुखेसो पोख्यो बाबुसँग ।

“गलत कामको परिणाम पनि गलतै हुन्छ बबुआ र अहिले हुन लागेको पनि त्यही हो ।” बुढाले छोराका कार्यमा बिमती जनाए र एकहरफे कविता भने– “रीठ्ठाको बोट रोपेर कहाँ फल्छ र कागती ।”

“तपाईं पनि मधेसी आन्दोलन बिरोधी बापु !” –छोराले आश्चर्य मान्दै सोध्यो ।

“मधेसी आन्दोलनको हैन बबुआ हिजडालाई नेता बनाएर गरेको विदेशी आन्दोलनको चैं बिरोधी ।” –बुढाले कडा शब्दमा उत्तर दिए ।

“हँ ! बापु आज कस्तो कस्तो कुरा गर्नुहुन्छ ? कसरी हाम्रो नेता हिजडा अनि कहाँको हिजडालाइ नेता बनाएका छौं र ! हामीले ?“– छोराले ताज्जुब मानेर प्रश्नको वर्षा गर्यो बाबुलाई ।

“दिल्लीको“– बुढाले सहज तरिकाले उत्तर दिए र थपे– “मान्छेले आफूमा भएको एउटा कम्जोरी लुकाउनु पर्यो भनें अर्को कुनै काम देखाएर ढाकछोप गर्ने कोसिस गर्छ” भन्छ्न मनोवैज्ञानिकहरू । त्यस्तै बिहे गर्ने बितिकै स्वास्नी छोड्ने दिल्लीको यौटा हिजडाले मर्र्दािङनी देखाउन नेपालमा नाकाबन्दी लगाएको र तिमीहरूलाई हामीले गरेको भनेर भन्न लगाएको घाम जत्तिकै छर्लङ्ग छैन र ?”– बुढाले प्रश्नको उत्तरमा प्रश्नै थपे ।

“बाबुको आक्रोश देखेर रामरतन अलि सकपकायो अनि कुटिलतापूर्वक बाबुको मन चोर्ने उद्देश्यले फेरि सल्लाह मागेझैं गरेर सोध्यो– “उसोभए कसरी यो आन्दोलनलाइ उपलब्धिमूलक तरिकाले छिटो टुङ्ग्याउन सकिन्छ त बापु ?”

“सबैभन्दा पहिले मधेसी र विदेशीको कित्ता छुट्ट्या अनि आफैं नेता बनेर मधेसीलाई चाहिएका कुराको माग राख चारदिनमै तेरो माग पनि पूरा हुन्छ र आन्दोलन पनि पूरा हुन्छ ।” –बुढाले सम्झाए छोरालाई र भुत्भुताए– “घरका भेदी लङ्का धाए ।”

गौरादह–१२, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x