साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थुतुनु

Nepal Telecom ad

सृष्टिको सर्वोत्तम उपहार मानिसको स्वभाव चित्र विचित्रको हुनुमा आफ्नै संस्कार र संस्कृतिले हल्लुड बटारे झैँ बटारिसकेको हुन्छ । यस क्रममा कोही चुड्की बजाएर बाँच्छन्, कोही मुड्की बजारेर बाँच्छन्, कोही आँखा सन्काएर बाँच्छन् त कोही खुट्टा तन्काएरै बाँचिरहेका हुन्छन् । जिन्दगीमा जित्ने दाउमा सर्दै झिँगा भन्काएर दिउँसै गएर तनाव घटाउने निहुमा बदलै तन्काएर मौकामा चौका हान्दै अरूको ध्यान खिच्न आँखा सन्काएर पनि, बिसौलीको जिब्रो फड्कारेर पनि, निधार खुम्च्याएर सारा सपना लल्कारे पनि आखिर मान्छेले सधैँ जोगाएर राख्नुपरेको बेला मात्र प्रयोग गर्ने साधन थुतुनु नै हो । जाने थुतुनु जताततै जय मात्र हो नजाने थुतुनु भय मात्र हो ।

पहिले पहिले झुटो बोल्नेको थुतुनु च्यातिन्थ्यो, बढी थुतुनु चलाए चिम्टाले डामेर ठिक गरिन्थ्यो । थुतुनाले बाँचेकाहरू थुतुनु सही ठाउँमा सही तरिकाले चलाउँथे । थुतुनु वास्तवमा मानिसको यस्तो शक्तिशाली साधन हो, जसले सही प्रयोग मात्र गरे संसार आफ्नो नियन्त्रणमा लिन सक्थ्यो । मानिसका थुतुनु र मु… दुवैको सही प्रयोगले यो यावत् जीव जीवात्मा सृष्टि चराचर आदिलाई सही बाटो देखाउँदै विश्वसनीयता विकास हुनेमा दुई मत छैन ।

मेरी बास्सै ! हाम्रा सपना तुहाएर, हाम्रा योजना कुहाएर विश्वास घात गर्दै हाम्रो मतको अवमूल्यन गरेर सबैको मन रुवाएर आफू मात्र बन्ने धुनमा लागेका हाम्रा थुतुने नेताहरूको थुतुनु थुतेर पातमा नराखुन्जेल हामीले दुःख पाइरहन्छौँ । हाम्रा मौसमी नेताले बिहान एउटा कुरा बेलुका अर्कै कुरा मध्याह्नमा अर्कै कुरा गर्नाले आफ्नो ढाँटका निम्ति खाइपत्तेरो झैँ बल्ल बल्ल हत्याएको कुर्सी पत्तै नपाई अन्यत्रै बुर्कुर्सी मारेछ । बिचरा ! रातदिन गिठ्ठा भ्याकुर खाएर बल्लतल्ल राज्यको कुँडोमा लागेको तरमा मस्ती मार्न पल्केका एक्कासि थुतुनाले धोका दिएर फेरि सपना पोका पारेर कुना पस्न बाध्य भएपछि आफ्नै नन्दीभृङ्गीहरूले समेत “खबरदार ! अब चाहिँ तिम्रो थुतुनु बन्द गर” भन्दै सातो खाएछन् ।

बिचरा ! नेता बिलखबन्दमा परेछन् । उनलाई खाऊँ भने दिनभरिको सिकार नखाऊँ भने कान्छा बाउको अनुहार भन्ने उखानको बखान गरे झैँ भएछ । उनले आफ्नो नानीदेखि लागेको बानी छुटाउन कहिले राष्ट्रपति कहिले सेनापतिसम्म गुहार्दा पनि पार नलागेर उनी दौडिएर पशुपति पुगेछन् । त्यहाँ पनि बिचरालाई साँढेका शालिग्राम मात्र दर्शन मिलेपछि थकित बबुरा किंकर्तव्य विमूढ भएर सहमति, असहमति, विमति र सहकार्यका शरणमा लम्पसार परेर “लौ न प्रभु ! मलाई एकचोटि फेरि तर चाट्ने अवसर मिलाई पाऊँ, म जेसुकै गर्न तयार छु” भनेछन् । सहकार्यले प्याच्च बोलेछ, “तिम्रो थुतुनु !” अनि नेताजी बडो विनम्र हुँदै बोलेछन्, “प्रभु ! म अब विचार नपु¥याई मेरो थुतुनु खोल्दिनँ ।” यति भनेपछि सहमतिले भनेछ, “त्यसो भए अब दौड प्रतियोगिता हुन्छ, त्यसमा तिमी तिघ्रामा घिउ घसेर बसिराख, सिठी बज्नासाथ दौडिएर प्रथम भए अवश्य तर चाटौला ।”

भोलि पल्टदेखि नै नेताजी भेडीको घिउ तिघ्रामा घसेर दौडको तयारीमा जुटेछन् तर भ्यागुतो जति उफ्रे पनि कान्लामुनिको कान्लामुनि भने झैँ आठौँ पटकको दौडमा पनि असफल भएपछि बल्ल झल्याँस्स भएछन्, यो सबै मेरो थुतुनुकै करामत हो कि क्या हो !!!

झापा, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गाली संस्कृति

गाली संस्कृति

देवीप्रसाद घिमिरे
लुटतन्त्र जिन्दावाद !

लुटतन्त्र जिन्दावाद !

देवीप्रसाद घिमिरे
हर्कको हर्ष र जेन्जीको भ्रम

हर्कको हर्ष र जेन्जीको...

देवीप्रसाद घिमिरे
आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

देवीप्रसाद घिमिरे
कुसंस्कार

कुसंस्कार

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x