साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेतृत्व झन् खुम्चियौ !

Nepal Telecom ad

हाम्रा जो दल छन् अहो ! किन यहाँ, होचा र पुड्का भए ?
स्वामीका चरणारविन्द तलका, पुत्ला र सुत्ला बने ।
झुण्डै झुण्ड र भ्रस्ट– तुण्ड दलमा, मैल्याउछन् भावना
सग्लो बेग लिने नदी–नद बनी, बग्दैन है साधना ।।१।।

पार्टी नीति–विधान–कार्यक्रम नै, भन्केर थन्के सबै
सत्ता स्वार्थ बढेर मैलन गए, सङ्कल्प वाचा कठै ।
उत्साही र जुधारु अग्रगतिका, छाती हराए कहाँ ?
मात्रै द्रव्यपिचास आश गणका, निक्रिस्ट छन् चिन्तन ।।२।।

राजा हो सब नीतिको भुवनमा, त्यै राजनीति अहा !
भन्ने दर्शन भत्कियो दलहरू ! यात्रा गर्यौ अन्यथा ।
पार्टीभित्र विमर्श छलफल कबै, गर्दै नगर्ने भयौ
नाता भ्रित्य कुबेर बम्श जनमै, नेतृत्व झन् खुम्चियौ ।।३।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x