खगेन्द्र नेउपानेकविता अब लेख्न छाडेँ
सम्झिन्छु धेरै गफ बाँडिएछ,
समाज उल्टै झन टाडिएछ,
ती इष्ट मेरा पनि बैरिएछन्,
मभित्र कुण्ठाहरू जैरिएछन् ।।
लुटेर खाने त रिसाइहाल्यो,
र लुट्न खोज्ने पनि घुर्न थाल्यो,
खोसेर खाने त ढुङ्गै उचाली,
सुनिनसक्नु छ कठोर गाली ।।
साँचा कुरा लेख्नु हुँदैन रैछ,
यो जिन्दगी रङ्ग कहाँ अटल् छ,
लेखी कविता र इख्याई मित्र,
कोरेर खालि ती कुरूप चित्र–
पाइन्न केही भनी मन्त्र बाँडे
मैले कविता अब लेख्न छाडेँ ।।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































