साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविता अब लेख्न छाडेँ

Nepal Telecom ad

सम्झिन्छु धेरै गफ बाँडिएछ,
समाज उल्टै झन टाडिएछ,
ती इष्ट मेरा पनि बैरिएछन्,
मभित्र कुण्ठाहरू जैरिएछन् ।।

लुटेर खाने त रिसाइहाल्यो,
र लुट्न खोज्ने पनि घुर्न थाल्यो,
खोसेर खाने त ढुङ्गै उचाली,
सुनिनसक्नु छ कठोर गाली ।।

साँचा कुरा लेख्नु हुँदैन रैछ,
यो जिन्दगी रङ्ग कहाँ अटल् छ,
लेखी कविता र इख्याई मित्र,
कोरेर खालि ती कुरूप चित्र–

पाइन्न केही भनी मन्त्र बाँडे
मैले कविता अब लेख्न छाडेँ ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x