साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोवाइलमा अल्झिएको प्रेम

Nepal Telecom ad

नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनि साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ । अझ नयाँ नयाँ आविष्कारको खोजी गरेर विश्वलाई उथलपुथल पारिदिए पनि हुन्छ जस्तो लाग्छ ।

म पनि त नयाँ नयाँ प्रविधिबाट अलग्गिन सकिन । एउटा थोत्रो खालको मोबाइल बोकेर हिड्न थाले । कही कतैबाट फोनको घन्टी बज्नासाथ हतार हतार फोन उठाउछु । एक पटक नयाँ नम्बरबाट फोन आएकोले मैले फोन गर्ने पात्र पहिल्याउन सकिन । हेलो को बोल्नु भएको र कसलाई खोज्नु भएको भनेर मैले सामान्य औपचारिकता दर्शाए । “के चिनेर पनि नचिनेको जस्तो स्वाँगे अभिनय गर्नुहुन्छ” भनेर उल्टै प्रतिप्रश्न तेस्र्याइन् । म अवाक भए । तैपनि पहिचान गर्ने चेष्टा गरे । सकेसम्म सम्झने र चिन्ने प्रयास गरे,न्वारानदेखिको बल बुद्धि लगाए तर मेरो कुनै बुता चलेन । पुनः नम्र स्वरमा भनेँ “मैले हजुरलाई चिन्न मुस्किल प¥यो कृपया परिचय पाउन पाए गफको सिलसिला अगाडि बढाउन सजिलो हुने थियो कि ?” “अब त मानिस चिन्न पनि छोड्नु भएछ त । यसो के स्थानीय साप्ताहिक पत्रिकामा स्तम्भ चलाउन थाल्नु भएको छ अब त मान्छे चिन्न पनि छोड्नु भयो ?” मलाई पनि ज्यादै जङ चल्यो । “हजुरले गलत नम्बरमा फोन गर्नु भएको जस्तो छ । एक पटक राम्रोसँग नम्बर हेरेर फोन गर्नुहोला” भनेर फोन राखिदिएँ ।

एक छिन पछि पुन त्यहि नम्बरबाट फोन आयो । फोन उठाएँ– “हेलो तपाईले कसलाई खोज्नु भएको हो ?” “मैले हजुरलाई नै खोजेको हो । कृष्ण उफान भनेको तपार्इं होइन ? म तपाईंको लेखको फ्यान हूँ । मलाई तपाईंका लेखहरू असाध्यै मन पर्छन् । म दोहोर्याई दोहोर्याई पढ्छु । त्यतिले पनि चित्त नबुझेर पुन पढ्न विवश हुन्छु । असाध्यै चोटिला लेखहरू लेख्नुहुन्छ । तपाईलाई धेरै धन्यवाद” मात्र के भनेकी थिइन् मैले भनेँ– “हजुर मेरो लेखको फ्यान बन्नु भएकोका धेरै धेरै धन्यवाद” भनेर फोन राखिदिएँ । मलाई यस्तरी फुक्र्याएको सायद जीवनमा नै पहिलो पटक हो । त्यसैले गर्वले आफ्नो नाक त घिरौँला भन्दा पनि ठूलो भएछ कि क्या हो भनेर हतार हतार नाक छामेको त के को घिरौँला जत्रो हुनु नि । बदलिँदो मौसमको कारण रूखाखोकी र मर्कीले गर्दा नाक भरी लत्पतिएको नाके सुली पो हात भरी लागेर बेहालत बनायो ।

पुन मोबाइलमा घन्टी बज्न थाल्यो । मलाई हैरान नै बनाउने भइन् । करले फोन उठाएँ– “हेलो फेरि किन फोन गर्नु भएको” भनेर प्रश्न तेस्र्याएँ । “अरे किन रिसाउनु हुन्छ । मरी जाने चोलामा मरेर के लानु छ र ? किन मदेखि उतर्सिएर भाग्न लाग्नु भएको ? के फोनबाट गफ गर्न पनि लाज लाग्छ कि क्या हो ?” भनेर प्रश्नहरू पो बर्षाउन थालिन् । अब चाहिँ साँच्चै नै मज्जाले गफ गर्ने विचारले उनको परिचय सोध्न थालेँ । तर उनले मलाई आफ्नो वास्तविक परिचय दिन हिचकिचाइन् । ठिकै छ, मेरो लेखलाई ध्यान दिएर पढ्नु भएकोमा हार्दिक धन्यवाद । अव आइन्दा घरी घरी फोन गरेर मलाई हैरान नपार्नु भएमा धेरै भन्दा धेरै राम्रो हुने थियो कि ?” भन्दै फोन राखिदिएँ ।

म आफैले फोन नगर्नु होला भनेर सरकारले राष्ट्रपतिलाई आफ्नो मान मर्यादामा रहनुहोला भनेर दिएको झैं उनलाई चेतावनी दिएँ । पछि मनभरी उकुसमुकुस भएर खुल्दुलीले काइदासँग डेरा जमायो । मलाई घरी घरी फोन गरेर मिठा मिठा गफ गर्ने, कोइलीको झै सुरिलो आवाज भएकी त्यो नारी आवाज कसको होला भन्ने कुरा मेरो मथिङ्गलमा घुमिरह्यो । जति सम्झाउन खोजे पनि मनले अटेर गरेर तिनकै फोनको प्रतिक्षामा बसिरहेँ । भोलिपल्ट पनि उही समयमा त्यही नम्बरबाट फोन आयो । मेरो प्रतिक्षाको घडी समाप्त भयो । अघिल्लो दिनको भन्दा नम्र भएर मैले फोन उठाएँ– “हेलो आज फेरि किन फोन गर्नु भएको त ? मैले केही सेवा गर्र्नु पर्छ कि ?” लामो सुस्केरा हाल्दै– “हरे ! किन त्यस्तरी आत्तिनु भएको ? एक जना केटीले फोन गर्दैमा के के न भएको जस्तो गरी आत्तिनु हुन्छ भने तपाईंले जीवनमा के गर्न सक्नु होला र ? परेवाको भन्दा पनि सानो मुटु छ कि क्या हो ? नआत्तिनुहोस् न तपाईलाई म मेरो मनका कुराहरू मन खोलेर भन्न चाहन्छु । यदि मलाई अनुमति दिनुहुन्छ भने म मेरा मनमा गुम्सिएर बसेका, उकुसमुकुस भएर मडारिएका सबै कुराहरू ओकल्ने विचारमा छु । चाहना, आकाङ्क्षा र रहरहरू तपाई समक्ष पेश गर्ने इच्छा छ ।” म ज्यादै दोधारमा परेँ । बाबुराम नेतृत्वको सरकार जस्तो । सरकारमा टासिएर बसिरहूँ भने संविधान बनाउनको लागि दम छैन । निर्वाचनमा जाउँ भने प्रतिपक्ष सधैं विरोधमा उत्रिरहन्छ । सरकारबाट बाहिरिन खोज्यो भने दल भन्दा बाहिरको बहादुरलाई सरकार छोडेर जानुपर्ने स्थिति आउला जस्तो छ । अनुमति नदिउँ भने घरी घरी फोन गरेर हैरान पार्छिन् । अनुमति दिउँ भने कुन भड्खालोमा जाक्ने हो ?

मानिसमा कुनै न कुनै स्वार्थ नभइकन यसरी कुनै अपरिचित व्यक्तिसँग नजिकिन खोज्दै खोज्दैन । स्वार्थी दुनियामा कुन माइकेलाल होला र अरूको हितको लागि मात्र काम गर्ने ? न प्रेम प्रस्ताव राखेर मेरो जिन्दगीको सुन्दर बगैंचामा भाइरस बनेर छिर्ने प्रयास गर्ने हुन् ? मेरो एउटा छुट्टै सानो घर संसार छ । मसँग जे छन् त्यहिमा सन्तुष्टिका साथ रमाइरहेको छु । आँट नभएको छोरो र रूप नभएको छोरीको काम छैन भन्ने हुन् कि ? कतै यस्तो अल्झोमा पारेर “तीन वटा गोरु हल पक्का दुई वटी स्वास्नी घर पक्का” भनेर मलाई अथ्र्याउने पो हुन् कि ? यस्तै यस्तै कुराहरू मेरा मनभरि जेलिएका छन् । नेपाली राजनीतिमा जस्तो सहमतिको डोरी तन्काएर राख्न पनि मन छैन । अर्को कुरा उनलाई आश्वासनमा अल्झाएर नेताहरूको जस्तो झुटो बोल्न पनि आउँदैन । दुविधामा अल्झिएको मनले कहिले शान्ति पाउने हो ? नेपालीले आशा गरेको नयाँ नेपालको संविधान नपाए झै आशातीत आशामा अल्झेर बसिरहनु पर्ने त होइन ?

विज्ञ पाठक वृन्द ! प्रेममा भुक्तभोगी भएर प्रेम विश्वविद्यालयबाट पिएचडीको उपाधी पाइसक्नु भएको छ कि ? यदि प्रेममा विज्ञ हुनुहुन्छ भने मोबाइलमा अल्झिएको प्रेमबाट कसरी छुटकारा पाउने हो ? कुनै तौरतरिका भए मलाई सुटुक्क बताइदिनु हुन्छ कि ?

मन्थली– २, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चोरहरु

चोरहरु

कृष्ण उफान
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x