साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिचरा देश !

Nepal Telecom ad

यो त आफ्नो कोठाको ढोका जस्तै भएको छ
मन लागेको बेलामा बन्द हुन्छ,
मन लागेको बेलामा खुला हुन्छ ।
चिप्लिकिराको माउ जस्तै भएको छ ,
अव्यवस्थित, जीर्ण र जर्जर भएको छ ।
एउटा विदेशी साथीले माया गरेर सोध्यो,
अब तँ कहाँ फर्कन्छस ? तेरो त देशै बन्द छ,
म झसङ्ग भएँ, भावुक बनायो यो प्रश्नले,
तर मलाई थाहा छ,
मेरो देशमा बन्द त दालभात जस्तै भएको छ ।
हामी पक्कै बन्दका समर्थक छौं,
तपाइँहरू बन्दको आह्वान गर्नोस्,
हामी काँधमा काँध मिलाएर समर्थन गर्छौ ।
तपाई हामीलाई नेतृत्व दिनोस्,
हामी सधै तपाइँलाई साथ दिन्छौं ।
रातारात अरबपति बनाउने घुसखोरीका
अड्डाहरू बन्द गर्नोस्,
जनाताको रगतपसिनालाई लात हानेर
ठड्याएका महलहरू बन्द गर्नोस् ।
सुधारका नाममा भैरहेको
ठगी व्यापारलाई बन्द गर्नोस् ।
विकासको नाममा भैरहेको
आर्थिक ब्रह्मलुटलाई बन्द गर्नोस् ।
सर्वसाधारणले धान्नै नसक्ने गरी
आकासिएको महंगी बन्द गर्नोस्,
आफ्नो जिम्मेवारी बहन गर्न नसकेका
सबै निकायहरू बन्द गर्नोस् ।
सधैं धुरुक्क पारेको लोडसेडिङलाई बन्द गर्नोस् ।
नातावाद र कृपावादलाई बन्द गर्नोस्
चाकरी, चुक्ली र चाप्लुसीलाई बन्द गर्नोस् ।
जनताको जीवनसँग गम्भीर खेलबाड भएको
खाद्य मिसावटलाई बन्द गर्नोस् ।
अनुत्पादक सुविधा र अनावश्यक भत्ताहरू बन्द गर्नोस् ।
ढिलासुस्ती र कामै नगर्ने प्रवित्तिलाई बन्द गर्नोस् ।
अन्याय, अत्याचार र लुटपाटहरू बन्द गर्नोस्
हत्या, अपहरण र बलत्कार जस्ता
अमानवीय तथा पाशविक कुराहरु बन्द गर्नोस् ।
अनि यस्तै यस्ता अनेकौ विसंगति र बिकृतिहरू,
बन्द गर्नोस् ।
बिचरा देशलाई किन बन्द गर्नुहुन्छ ?
देश त निरन्तर चल्नु पर्छ,
सदासर्बदा खुल्ला रहनु पर्छ,
चीर चीर कालसम्म पनि,
सुन्दर र शान्त रहनु पर्छ ।

पुरानो नैकाप, काठमाडौं
हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x